विश्व सिमसार दिवसका अवसरमा मध्यपश्चिम विश्वविद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सुर्खेत । विश्व सिमसार दिवसका अवसरमा मध्यपश्चिम विश्वविद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी ‘विश्व सिमसार दिवस’ मनाईएकाे छ ।Wetlands and Human Wellbeing सिमसार र मानवको कल्याण समृद्धि भन्ने नाराका साथ सन् २०२४ को ‘विश्व सिमसार दिवस’ मध्यपश्चिम विश्व विद्यालय र USAID Biodiversity जल जंगल परियोजना को संयूक्त आयोजना गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे ।मध्यपश्चिम विश्व, विज्ञान तथा प्रविधि संकाय संयोजक पुष्प राज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमा भु तथा जलाधार व्यवस्थापन कार्यलयका  अधिकृत सुरेन्द्र साह,नगर विकास समिति विरेन्द्रनगरका सदस्य नवराज गुरुङ्ग, जिल्ला वन कार्यालयका DFO बसन्त श्रेष्ठ, USAID Biodiversity जल जंगल परियोजनाका  प्रविधिक निर्देशक नारायण बेलवासे, मध्यपश्चिम विश्व विद्यालय, विज्ञान तथा प्रविधि डिन, सुदिप ठकुरी अतिथिको रुपमा थिए भने मध्यश्चिम विश्व विद्यालय विज्ञान तथा प्रविधि संकायमा विभिन्न सेमेस्टरमा अध्ययनरत छात्र तथा छात्राहरु गरी जम्मा ९५ जना को सहभागिता रहेको कुरा USAID Biodiversity जल जंगल परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले जानकारी दिएका छन ।

कर्यक्रममा USAID Biodiversity जल जङगल परियोजन सुर्खेत का प्रमुख भुपेन्द्र शाही ले परियोजन को उदेश्य तथा कर्य नीति बारे सहभगी माझ प्रस्तुत गरेका थिए । कार्यक्रममा मध्यपश्चिम विश्व विद्यालय, विज्ञान तथा प्रविधि संकायका विद्यार्थी तथा शिक्षकहरुले बुलबुले ताल सम्बन्धि तयार गरेको घट्ना अध्ययनको प्रस्तुति गरेका थिए भने । अधिकृत सुरेन्द्र साह तथा जिल्ला वन कार्यालयका DFO बसन्त श्रेष्ठले सिमसारको परिचय तथा नेपालमा खास गरि कर्णालीमा यसको अवस्था बारे प्रकास पारेका थिए भने USAID Biodiversity जल जंगल परियोजनाका प्रविधिक निर्देशक नारायण बेलवासेले सिमसार दिवसको ईतिहाँस यसको महत्व, सिमसार क्षेत्रले मानव जातीलाई प्रदान गरेको श्रोत,फाइदा र सिमसारको बुद्धिमता पुर्ण उपयोग र भावी कदम बारे प्रस्तरती गरेका थिए भने  मध्यपश्चिम विश्व विद्यालय, विज्ञान तथा प्रविधि डिन, सुदिप ठकुरीले सिमसार क्षेत्रले हामीलाई प्रदान गरेको श्रोतलाई यदि अर्थमा रुपान्तरण गर्ने हो भने अथाह हुन्छ भन्ने धारणा व्यक्त गरेका थिए भने कार्यक्रमा नवराज गरुङ्गले बुलबुले तालको जैविक र पारिस्थितिक महत्वलाई ध्यानमा राखेर बुलबुले तालको व्यवस्थापन गरिने बताएका थिए ।

कार्यक्रम नारायण बेलबासेको प्रस्तुतीमा ६०,५६१ हेक्टर  क्षेत्र ओगटेका १० ओटा सिमसार अन्र्तराष्ट्रिय महत्वका सिमसार संरक्षणका लागी  सिमसार सम्बन्धि महासन्धि ( रामसार स्थलमा समावेश, समुन्द्र सतह भन्दा ३६११.५ मिटर उचाईमा अवस्थित फोक्सुण्डो सिमसार श्रृखला तथा नेपालको  सबै भन्दा ठुलो २९७२ मिटर उचाई अवस्थित रारा ताल समावेश,डोल्पा जिल्लाको छार्काताङ्सोङ गाउँपालिका वडा नम्बर १ छार्काभोटमा भेटिएको नयाँ ताल (बङ्बोर ताल) समुद्री सतह देखि ५,४७२ मीटर जस्ता जनकारीमुलक तथ्याङ्क समेत जानकारी गरिएको थियो भने । आज कै दिनमा आज भन्दा करिब ५३ वर्ष पहिले ईरानको रामसार नाम गरेको शहरमा २ फेबु्रअरी १९७१ मा सिमसार सम्बन्धी महासन्धि गरिए यता १७२ राष्ट्रहरु यो दिवस मनाइदै आएका छन ।