- चन्द्र बाेहरा
२०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी) १० बर्ष जनयुद्ध र १८ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यहाँ सम्म आई पुगेको छ । जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलन लाई राष्ट्रिय रुपमा विस्तार अनि अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै लगेको माओवादीले २ वटा भरुवा बन्दुक बाट जनयुद्ध शुरु गरी ०६१/६२ सम्म आई पुग्दा राज्यसत्ताको हेलिकप्टर खसाउने तहसम्म पुगेको थियोे । जनयुद्ध सुरु गर्नुपूर्व तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुदें माग राख्दै जनयुद्धको संखघोष गरेको तत्कालिन माओवादी ०५६-५७ सम्म आईपुग्दा नेपालका अधिकाँस जिल्लामा एउटा महत्वपूर्ण वैकल्पिक शक्तिको रुपमा स्थापित भईसकेको थियोे ।
जनयुद्धबाट सत्ता कब्जा गर्ने योजना र रणनीति पूरा हुन नसकेपनि जनयुद्धका उपलब्धि संस्थागत गर्न शान्तिपूर्ण मार्ग अवलम्वन गरिएको छ । यस अर्थमा पनि नेपालको जनयुद्ध र माओवादको प्रयोग पुरानो माओवाद भन्दा भिन्न रुपमा स्थापित भएको हो ।नेपालको जनयुद्धको इनिङ शान्तिपूर्ण रुपमा भएकोछ । सशस्त्र युद्धका उपलब्धिलाई शान्ति र सम्झौताबाट स्थापित भएका छन् ।
सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूर्ण मार्गबाट सम्भव हुँदैन । सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गरेको छ । शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तन भन्दा भिन्न चेतनाका
हिसावले पिछडिएको ग्रामिण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल बिशेषता थियो । त्यसमा पनि घरेलु र केहिथान भरुवा बन्दूकका भरमा सुरु गरिएको जनयुद्ध राज्यसत्ताको जरै हल्लायो ।
जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई चुनौती दिएको थियो । जनमुक्ति सेना गठनदेखिआफ्नै जनसरकार, जनअदालत गठन, आधार इलाको निर्माणको अभ्याससम्म हुनु क्रान्तिको नयाँ प्रयोग थियो ।
माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधिवेरी सृजना गरेको जनयुद्धले संसार हल्लाएको थियो । जनयुद्धकाे जगमा २०६२-६३ जनआन्दोलन भएको थियो तेही जनयुद्ध र जनआन्दोलनको फ्यूजनबाट नेपालमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७-२८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ ।
माओवादी ‘जनयुद्ध’ विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको छ । यसले माक्र्सवादको प्रयोग शान्तिपूर्णमा बगर्नुपर्छ भन्ने सोँच र दृष्टिकोणलाई चुनौती दिएको छ । जनयुद्ध आवाज विहिनका लागि आवाज बनेको थियो । जनयुद्धको प्रारम्भमा शोषक, सामन्त, जाली, पटाहा, गुण्डागर्दी बिरुद्ध केन्द्रीत हुँदा माओवादी पार्टीले जनसम्बन्ध स्थापित गरेको थियो । माओवादी जनयुद्ध जातिय, लैंगिक, क्षेत्रिय शोषण र विभेदमा परेका केन्द्रीत थियो । जातिय उत्पीडन र शोषणका बिरुद्ध गरेको थियो । जनयुद्धले नयाँ मूल्य मान्यता स्थापित जनयुद्धको एक मात्र राजनीतिक नारा संविधान सभाबाट संविधान भन्ने थियो । यस नारामा काँग्रेस एमाले जस्ता सूधारवादी पार्टीपनि सहमत हुँदा दोस्रो जनआन्दोलन सम्भव भएको हो ।
यसैको फलस्वरुप नेपाल संघीय लोकतान्त्रि गणतन्त्र, समावेशी तथा धर्म निरपेक्ष राष्ट्रको रुपमा स्थापित भएको हो । संविधानमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम जस्ता विभेदको शिकार भएका जाति र समुदायका अधिकार संविधानमा
संरक्षण भएको छ भने संविधानमा समाजवाद स्थापना गर्न सकिने मान्यता स्थापित छ । सिंहदरबारमा भएको केन्द्रीकृत राज्यसत्ता र त्यसका अधिकार स्थानीय तहसम्म ल्याउन जनयुद्धको योगदानले सम्भव तुल्याएको हो । जनयुद्धपछि शान्ति यात्रा, द्वन्द्व र द्वन्द्व व्यवस्थापन विश्वका द्वन्द्व व्यवस्थानका लागि मार्ग दर्शन बनेको छ ।
संविधानमा प्रदेश तथा केन्द्रीय संसद्मा ३३ प्रतिशत महिलाका लागि संरक्षण, राष्ट्रपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख, स्थानीय तहका वडामा महिला र दलितको अनिवार्य प्रतिनिधित्वमा जनयुद्धको छाप देख्न सकिन्छ । संसद्मा आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रमा समानुपातिक प्रतिनिधित्व ज्ञारेण्टी गरिएको छ । राज्य सत्तामा सबै वर्ग र लिंगका प्रतिनिधित्व अहिलेको संविधानले सम्भव भएको हो ।
बिहानीको तारा । २९ माघ २०८०, सोमबार १९:२३