रेशम चौधरीले गराए बर्दिया-२ बाट मनोनयन दर्ता

२३ असाेज २०७९ काठमाडौं । २०७२ सालमा आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली-१ बाट निर्वाचित भएका थिए । टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । उनले कारागारिभत्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । सोही पार्टीबाट अहिले उनी उम्मेदवार बनेका हुन् ।