फरार कैदी पक्राउ : बाँके प्रहरीद्वारा सुदिप थापा पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि फरार रहेका कैदीलाई पक्राउ गरी पुनः कारागारमा बुझाएको छ।

प्रहरीका अनुसार बाँके बैजनाथ गाउँपालिका–१ पितामरी बस्ने सुदिप थापा पक्राउ परेका हुन्। उनले वर्ष २०७८ को चोरी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पाएका थिए।

असोज २४ गते भएको ZEN-Z प्रदर्शन का क्रममा थापा नौबस्ता कारागारबाट फरार भएका थिए।

प्रहरीको निरन्तर खोजीपछि उनलाई नियन्त्रणमा लिएर पुनः नबस्ता कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो।

प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।