पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले नेकपा (माओवादी केन्द्र)को नाम,चुनाव चिन्ह र झण्डा यथावत राख्न निर्वाचन आयोगमा निवेदन दिएको छ । अभियानमा संलग्न सन्दीप पुन,रजमान तामाङसहितका नेताहरुले आज कान्तिपथ पुगेर उक्त पार्टीलाई फ्रिज नगर्न मागसहितको निवेदन बुझाएका हुन् ।
दर्ता नम्बर ६५३ रहेको पत्रमा पार्टीको नाम,झन्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद,घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको लेखिएको छ । यदि आयोगले पार्टीको पहिचान नै फ्रिज गरेर चुनावमा भाग लिनबाट वञ्चित गराएमा त्यसले निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठाउने पनि त्यसमा उल्लेख छ ।
उता नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरु पनि निर्वाचन आयोग पुगेका छन् । गत कात्तिक ११ गते दल दर्ताको लागि निवेदन दिएका उनीहरु आज सनाखतको लागि पुगेको बुझिएको छ ।



बिहानीको तारा । २१ कार्तिक २०८२, शुक्रबार १७:४३