अबको नयाँ बाटो प्रगतिशील अभियान

युवाको चर्को प्रश्न: “तीन दशक पुरानै नेतृत्व, अहिले पनि देश त्यही चौघेरामा अब यो कति दिन ?” देशको राजनीतिक मौसम फेरि तातिएको छ। मुलुकले दशकौं देखिन खोजिरहेको स्थिरता, पारदर्शिता र वास्तविक विकास अझै धरापमै छँदा, नयाँ पुस्ताबाट आएको आलोचनाको आवाज अब पहिलेभन्दा धेरै तेज सुनिन थालेको छ। ती आवाजहरूलाई समेटेर “नयाँ बाटो प्रगतिशील अभियान” हाल देशव्यापी बहसको केन्द्र बनेको छ।

अभियानमा सहभागी Gen-Z युवाहरू खुलेरै भन्छन्

“पुराना पार्टी, पुरानै नेतृत्व, पुरानै प्रतिवद्धता अब देशलाई नयाँ सोच चाहिएको छ। ३० वर्षको इतिहास, तर परिणाम कहाँ? युवाको प्रश्न माओवादीतर्फ सीधै मोडियो राजनीतिक विश्लेषकहरू भन्छन् माओवादी आन्दोलनले देशलाई ठूलो रूपान्तरणको बाटोतिर धकेलेको ऐतिहासिक क्षण थियो। तर ३० वर्ष बितिसक्दा पनि स्थायी, परिणाममुखी शासन चलाउन नसकेको आरोपले अहिले पार्टीलाई घेरा बढाएको छ। Gen-Z युवाहरूको कथन झनै सीधै छ। “क्रान्तिको कथा पुरानो भइसक्यो, अब परिणाम देखाउने बेला थियो, तर देश अझै प्रतीक्षामै छ।”

युवाहरूले उठाइरहेका मुख्य प्रश्नहरू यस्ता छन्।

१. क्रान्तिबाट शासनमा पुगेको ३० वर्षमा देशले के प्राप्त गर्‍यो?

नेतृत्वको निरन्तरता रहे पनि ठूला सुधार र पारदर्शिता किन स्थापित भएन?

स्थानीय सरकारदेखि संघीय तहसम्म विकासको गतिको वास्तविकता किन कमजोर?

२. युवा पुस्ताका मुद्दा पार्टीको प्राथमिकता किन भएन?

रोजगार संकट

गुणस्तरीय शिक्षा

आर्थिक अवसरको अभाव

डिजिटलाइजेसनमा सरकारले देखाएको सुस्तता

३. एकै पुस्ताले ३० वर्ष देश चलाउनुयो नेतृत्व परिवर्तनको नैतिकतासँग मेल खान्छ?

युवाहरू भन्छन्

“नेता नयाँ भएनन् भने सोच पनि नयाँ हुँदैन। देश नयाँ पुस्तालाई अब रोक्न मिल्दैन।”

अभियानको दबाब: पुराना पार्टी सम्झन बाध्य

“नयाँ बाटो प्रगतिशील अभियान” मा संलग्न युवाहरूले पुरानै शैलीका राजनीतिक दलहरूलाई पहिलोचोटि यो हदसम्म चुनौती दिएका छन्।

अभियानभित्रको सन्देश स्पष्ट छ

“वाचा होइन, व्यवहार चाहिएको छ। भाषण होइन, काम चाहिएको छ।”

काठमाडौँदेखि भैरहवा, पोखरा, विराटनगरसम्मयुवाहरूले कार्यक्रम, छलफल, खुला मञ्चमार्फत एकै स्वरमा माग उठाइरहेका छन्

भ्रष्टाचारमुक्त शासन

प्रशासनिक पारदर्शिता

डिजिटल सेवा–प्रणाली

बजेट दुरुपयोग रोकथाम

युवा-केंद्रित नीति

युवाको एकै स्वर: देश चलाउने तरिका बदलिएन भने, नेतृत्व बदल्नैपर्छ।

विश्लेषकहरूको टिप्पणी: “यो लहर सामान्य होइन”

राजनीति हेर्ने विज्ञहरू भन्छन्

Gen-Z अब राजनीतिक दर्शक होइन, सक्रिय दबाब समूह बनेको छ।

पुराना दलले नेतृत्व पुनर्गठन नगरेमा नयाँ पुस्ताले वैकल्पिक राजनीतिक संरचना निर्माण गर्न सक्छ।

माओवादीसहित पुराना दलहरू अहिले विश्वास संकटमा छन्; अहिले बोलेका युवाले भविष्यको नीति-निर्माता बन्ने सम्भावना उच्च छ।

अभियानको मूल नारा “युवाको नेतृत्व बिना देश अघि बढ्दैन”

यस अभियानले देशलाई एक स्पष्ट सन्देश पठाएको छ

“अब पुराना शैलीको राजनीति नेपालले थेग्दैन। परिणाम देखाउने, पारदर्शी शासन गर्ने, युवालाई निर्णय प्रक्रियामा ल्याउने यही हो नयाँ बाटो।” (लेखकः-

उपेन्द्र आचार्य, अखिल क्रान्तिकारि जिल्ला समिति बाँके उपाध्यक्ष हुनु हुन्छ।)