नेपालगञ्जका होटल र रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा

नेपालगञ्ज । नेपालगञ्जका विभिन्न होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको भन्ने नेपालगञ्जका होटल र रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा सूचनाका आधारमा प्रहरीले छापा मारेको छ । शुक्रबार राति छापा मार्दा ४५ जना लाई  नियन्त्रणमा लिइएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार अनैतिक कार्य र गतिविधि भइरहेको भन्ने गुनासोका आधारमा छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मारिएको हो ।

छापा मार्दा ३१ जना महिला र १४ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा पर्नेहरू मध्ये ८ जना भारतीय नागरिक समेत रहेका छन् ।

डीएसपी पातलीका अनुसार होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिइएको छ र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले नेपालगञ्जमा यस्ता अनैतिक कार्यमा संलग्न व्यक्तिहरूमाथि निगरानी अझ कडा बनाउने जनाएको छ ।