मन्त्री बन्ने लिस्टमा नाम आएपछि मेराे चरित्र हत्या भयाे : अभियान्ता खगेन्द्र सुनार

काठमाडौँ । दलितका लागि दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् ।

सुनारले जाजरकोटका नवराज विक सहितको सामूहिक हत्या भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए ।

उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे । आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हतकडी लगाएर लैजान उनले आग्रह गरे । उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए ।