आश्वासन र नाराले कर्णालीको विकास र समृद्धि असम्भव

नरेन्द्रनाथ योगी
साविक कर्णाली अञ्चलका ५ जिल्लाको १५ प्रतिशत अर्थात २१,३५१ वर्ग किलोमिटर र राप्तीका सल्यान, रुकुम तथा भेरीको सुर्खेत ,दैल्ख र जाजरकोट जिल्लाको जम्मा भुभाग ७६२२ वर्ग किलोमिटर अर्थात १३. ५ प्रतिशत भुगाग मिलाएर १० जिल्लाको ६ नम्बर प्रदेश तोकिएको छ । यो प्रदेशको नाम कर्णाली प्रदेश नामाकरण गर्ने भनिएको छ । यो प्रदेशले ३०२११ वर्ग किमि भुभाग ओगटेको छ अर्थात नेपालको कुल भुभाग मध्य झण्डै २१.६ प्रतिशत भुभाग आगटेको छ त्यसमा पनि डोल्पाले७८८९ वर्ग मिटर क्षेत्रफल ओगटेको छ । अरु प्रदेश भन्दा सबै भन्दा बढी भुभाग यस प्रदेशले ओगटेको छ । यो प्रदेशले उच्च हिमाली ,पहाडी र मध्य पहाडी भुभागले समेटेकोे छ । जनसख्याको हिसाबले २०७८ सालको जनगण्ना अनुसार यो प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । जसमा ८ लाख २८ हजार ३०७ पुरुष र ८ लाख ६६ हजार ५८२ जना महिला रहेको छ । यो प्रदेशमा ३ लाख ७१ हजार १२५ घर धुरीको वासोवास रहेको पाईन्छ । जन घनत्व प्रति वर्ग मिटर ६ज्ञ रहेको छ । बार्षिक जनसंख्या बृद्धि दर०. ७३ प्रतिशत रहेको छ । यसले ६. ३९ कृषि भुमी ओगटेको छ ।वन क्षेत्र ३४.१७ र वन बुटयान क्षेत्र घ(द्द प्रतिशत गरि ३७.१९लप्रतिशत बन क्षेत्र रहेको छ ।यो प्रदेशमा सबै भन्दा कम जनसख्या वसोवास गरेको पाईन्छ । यस प्रदेशमा अधिकाश बाँहुन क्षेत्रीको त्रढी वसोवास गर्दछन् । दोसा्रेमा दलितहरुको जनसख्या रहेको छ । तेस्रामा ठकुरी शाहीहरुको वसोवास रहेको छ । आर्थिक विकासको साधन श्रोतका दुष्टिकोणले यो प्रदेश अन्य प्रदेशका तुलनामा अगाडि छ । अपार साधन श्रोतको सम्भाव्यता बोकेको प्रदेशमा ३२०० मेगावाट देखि ३९०० —४१०० मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको छ भने ७०० देखि २००० भन्दा बढी जाति प्रजातिका जडिबुटी उत्पादनको क्षमता रहेको छ । १४०० प्रजातिका औषधी र सौदर्यजन्य विरुवा रहेको प्रदेश । यस प्रदेशमा झण्डै १५ भन्दा बढी मेट्रि«क टन स्याउ उत्पादन हुन्छ । उच्च हिमाली ,लेकाली भेगमा पशुपालन तथा फलफुल खेती हुनुका साथै अर्गानिक खेतीका लागि ज्यादै उपयुक्त भुभाग र खानी उत्खनन क्रशर व्यवसायहरुका लागि राम्रै सम्भाव्याता रहेको छ ।

एकल भाषा, एकल धर्म र सस्कृति रहेको भुभाग यो प्रदेशमा छ ।मुगूको रारा ताल, डोल्पाको से—फोक्सोण्डो ताल , हुम्लाको रयालिङ्ग गुम्बा, कालिकोटको पचाल झरना र जुम्लाको सिजामा पर्ने कनकासुनदरी मन्दिर ,पाण्डवगुफा , लाछुज्यला ,पातरासि हिमाल एवम् चन्दननाथ—भैरवनाथ मन्दिर, सुर्खेतको देउती बज्यै र काक्रेबिहार लगायत दर्जनौ पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण र लाभदायक क्षेत्र एवम् स्थानहरु रहेका छन । त्यस्तै दृष्टिकोणले महत्वपुर्ण मानिएका आर्थिक लाभ लिन सकिने दैलेखका श्रीस्थान( जहाँ पेट्रोलन निस्किने सम्भावना रहेको ) मुगुको डोल्फु गाविसमा तामा खानी,कालिकोटमा काईनेटिक वा पत्थर खानी उत्खनन गर्ने सकिने लगायत चुन, अभ्रक, ढुङ्गा र सिमेन्ट उत्पादन गर्न सकिने सम्भावना रहेको छ । त्यस्तै दैलेखमा पर्यटकिय दृष्किोणमा महत्वपुर्ण पादँुका स्थान रहेका छन् । पुरानो शक्तिशाली खस राज्य, नेपाली भाषा र पोशाकको उत्पत्ती स्थान पनि जुम्ला नै हो । यो प्रदेशमा आत्मनिर्भ वा स्व—निर्भर हुन सक्ने सम्भावना बोकेको प्रदेश हो ।

यसको बृहत्तर विकास र समृद्धि एवम् प्रगति गर्ने तर्फ हिजोदेखि आजसम्मका कुनै पनि शासक र दलहरुले ठोस,भरपर्दो कार्यक्रम वा गुरुयोजना ल्याउन सकेका छैनन ।यो आलेखकर्ताको बुझाईमा चाहे पुराना शक्तिका रुपमा गणना गर्न सकिने एकात्मक पद्धति भएको राजसस्था हुन, पुराना लोकतान्त्रिक दल हुन वा हालै उदाएको नयाँ उदाए पार्टीहरु हुन । यी सबै दलहरुमा नेपाल र नेपालको भुभाग र सम्भाव्यता बारेर उत्खनन गरेर दिगो विकास,समृद्धि र विकासको सन्तुलन कसरी मिलाउने भन्ने ठोस कार्ययोजनाहरु अहिलेसम्म सार्वजनिक गरिएको पाईदैन । केवल यी नयाँ र पुराना दलहरु एक आपसमा भएका र गरिएका कमिकमजोरीहरु खोतालेर शक्ति र सरकारमा कसरी जाने र टिकी रहने मात्र उनीहरुको ध्याउन्न रहेको पाईन्छ । यी सबैले ६ नम्बर प्रदेश लगायतमा प्रदेशमा रहेका आन्तरिक श्रोत साधनको समयोचित परिचालन ,व्यवस्थापन, सरक्षण गरेर अर्थतन्त्रको विकास गर्ने भरपर्दा कार्य योजना ल्याउने भन्दा जुन क्षेत्रको जुन समस्या र सम्भाव्यताहरु    छन् । ती विषयहरुलाई आश्वाशन, भाषण र नारामा भुलाएर त्यहाँका जनता तथा नेतृत्वहरुलाई आ—आपनो स्वार्थमा प्रयोग गरेको पाईएको छ । ती दलहरुले ती दुर्गम हिमाली तथा पहाडी क्षेत्रका नेतृत्व तथा जनतालाई एजेन्टको रुपमा प्रयोग गरि रहेको यो आलेखकर्ताको बझाई रहेको   छ । हाम्रो गरिवी र कमजोरीबाट उनीहरुले फाईदा उठाई रहेका छन् ।हाम्रो नम्रता र आज्ञाकारितालाई उनीहरुले कमजोरीका रुपमा लिएका छन् । त्यसैले नयाँ उदित दलहरु लगायतले नयाँ दृष्टिकोणले विकास गर्ने र कार्ययोजना बोकेका दलहरुले ती क्षेत्रहरुलाई उत्थान गर्न राजनैतिक क्षेत्रमा नेतृत्वको विकास र आर्थिक विकास गर्ने क्षमता र शाहस भएका व्यक्तिहरुका खोजी गर्नु पर्छ भने अर्को तिर ती दलहरुले ती उत्पीडित र पछाडि परेको भुगोलका जनताहरुलाई नेतृत्व विकासमा अगाडि ल्याउने कुरामा कञ्जुस्याई गर्नु हुदैन ।

दलहरुले यो प्रदेशलाई आर्थिक विकास केन्द्रको रुपमा घोषणा गर्नु पर्छ । त्यसमा पनि ती क्षेत्रहरुका लागि समावेशी समानुपात सहभागितामुलक अभ्यास गर्दा सबैधानिक रुपमा ५० प्रतिशत भुगोल र ५० प्रतिशत जनसख्याका सन्तुलन मिलाउन राजनैतिक, आर्थिक र सामाजिक विकासमा ध्यान दिने व्यवस्था गरेमा मात्र ती उत्पीडित र पछाडी पारिएका क्षेत्रहरु राज्यको मुल प्रवाहमा आउन सक्नेछन् , अन्यथा भन्न सकिदैन । यो कार्यको शुरुवात नयाँ दलले गरेर देखाउनु पर्छ भन्ने म हाम्रो दलको मुल नेतृत्व र सहायक नेतृत्वलाई यो आलेख मार्फत प्रस्ताव राख्दछु । वर्तमान संविधान र यसको कार्यान्वयनको सवालमा जनसख्यालाई बढी प्राथमिकता दिने र भुगाललाई कम प्राथमिकता दिने गरि प्रदेशको सिमाङ्गकन निर्वाचन क्षेत्र निर्धारण गर्ने निति बनेमा हिमाली तथा दुर्गम पहाडी भुभागले बनेका प्रदेशहरु बढी जनसख्या भएका प्रदेश र क्षेत्रका भोटर वा कामदार जस्तै हुन जाने निश्चित छ । त्यसैले वेलैमा नव उदित शक्तिले यस विषयमा चिन्तन मनन गरुन । सघीयतामा प्रतिस्पर्धात्मक ,सहमतिय, समन्वयकारी र सहकार्यात्मक राज्यका कल्पनाले कतै एकात्मक शासन लागु नहोस भन्ने चिन्ता यो आलेखकर्ताको हो । उठाउने भन्दा थर्चाने ,थर्चाने भन्दा रामैसँग सुताउने पद्धतीको विकास नहोस । सबै प्रदेह समान, प्रतिस्पर्धि,समन्वयकारी,सहयोगी, सदविवेशि, सदाचारी, सदभावी बनुन । बलियोले कमजोरको चिन्ता गर्ने र कमजोरले बलियोबाट सहयोग पाउने खालको सहकार्यात्मक सघीयता लागु गर्ने पक्षमा नयाँ शक्ति लगायत नयाँ भएकाहरु जाँगुन भन्ने यस आलेखको आशय रहेकोछ ।
विकास र समृद्धिका लागि नयाँ विचार आवश्यक

यस मुलुकले ७३ बर्षको लामो आरोह र अवराह सघर्षका वीचबाट सविधानसभाबाट सविधान जारी गर्ने एउटा अभ्यास सकिएको छ । यसले राजनैतिक अधिकारको रुपमा राजनैतिक सरचना निमार्ण गरको छ । तर आर्थिक अधिकार र विकासका लागि खासै नयाँ कार्यक्रम ल्याउन सकिरहेको छैन । वर्तमान सविधानको कार्यान्वय र मुलुकलाई स्व—चालित बनाउन एउटा अर्को त्याग ,त्यो पनि नयाँ विकल्प सहितको धार वा दल को आवश्यक छ ।त्यसैले अब मुलुकलाई नयाँ ढग,विचार र कार्यदिशा अनुरुप अगाडि बढाउन सबै तह र तप्का जेटनु पर्छ । वर्तमान अवस्थाले यो ढोका खुला गरि दिएकोछ । अन्यथा अर्थ नलगाउने हो भने मुलुकलाई चलाउन अब आर्थिक विकास वा समृद्धिका निकल्प छैन । यसको लागि पुराना पछिडिएका चिन्तन र कार्य व्यवहारले मुलुक अब चल्दैन । त्यसैले हिम्मतका साथ एउटा व्यवहारिक ,त्यसमा पनि चुनौतिपुर्ण मार्ग अख्तिायार गनै पर्छ । त्यो हो नयाँ सोच,विचार, कार्य दिशा र कार्यक्रमका आधारमा मुलुकलाई अगाडि बढाउने । त्यस्ता थुप्रै आधार , सम्भाव्यता र श्रोत साधन वा आन्तरिक पँुजीहरु छन कर्णाली प्रदेशमा । ति श्रोत,साधनको उत्खनन अभियानमा लागि पर्नेका लागि पनि नयाँ दृढ विचार ,योजना, कार्यदिशा बनाउने आवश्यक छ । त्यो आवश्यकता कर्णालीको भुगोल सम्मत, श्रोत साधनको सम्भाव्यता, जनअनुकलता अनुसार अगाडि बढन सकेमा मात्र कर्णालीको उत्पडिन र अधिकार सुनिश्चित हुन गई आर्थिक समृद्धिको मार्ग खुला हुन जान्छ । कर्णालीको भुगागसँग गासिएको ६ प्रदेश नम्बरको समृद्धि नै कर्णालीका अथाह श्रोत साधन हो । यो ६ नम्बर प्रदेशको अथाह भुगाल र सम्भावनालाई उचित र न्यायोचित ढगले व्यवस्थापन गर्न सकिएमा यो प्रदेशले अन्य प्रदेशलाई सहयोग गर्न सक्ने छ । अनि यो प्रदेशको शिर उचो हुनेछ ।

कर्णाली मात्रै होईन, सिङगो मुलुक , प्रदेश र कर्णालीको सम्भावना र समृद्धि तर्फ लैजानको लागि मुलुकका नागरिक , प्रबुद्ध वर्ग र दलहरुले आफुमा शुद्धिकरण गदै नयाँ सोच वा अग्रगामी विचारको निमार्ण गरेर नयाँ वैकल्पिक शक्तिको निमार्ण विचार र दर्शन जगमा उभिएर गर्नु गर्नु पर्छ । त्यो दर्शन भनेको नै २१ औ शताब्दीको विज्ञान र प्रविधि सम्मत द्धन्द्धात्मक भौतिकवादी माक्सवादी विज्ञान हो । त्यसैले २१औ शताब्दीमा माक्सवादको वस्तुगत एवम वैज्ञानिक प्रयोग, उत्पीडित कर्णालीको पिडा र ८ बर्ष अगाडि डाक्टर भट्टराईले माक्सवादलाई परिमार्जन, परिस्कृत गरि यसको लोगतान्त्रिक प्रयोगको आधारमा आर्थिक समृद्धिको अभियानलाई जोडतोडका साथ नयाँ कार्यदिशा र विचारको सार्थक अभियान गर्ने लक्ष्य अनुसार नेपाललाई नयाँ बैकल्पिक अबधारणाको प्रयाग पार्टी भित्रका सत्तामुखी दोहारो चरित्रले गर्दा त्यो अभियान विचैमा अलपत्र पर्ने गएकाले कर्णालीको समृद्धि र यसको कर्णालीले फड्को मार्न कहाँ सक्छथ्यो र । नयाँ कुरा,पुरानै सोच र विचारले न त मुलुक नै नयाँ बन्नेछ । न त प्रदेशहरु नयाँ बन्न सक्नेछन । त्यसैले ६ नम्बरको अथाह समभाव्यतालाई समृद्धि तर्फ लैजान नितान्त रुपमा सबै क्षेत्रमा नयाँ परस्कृत सोचाई र विचार बन्नु आवश्यक छ । ६ नम्बर प्रदेशका आर्थिक, सामाजिक, राजनैतिक ,सांस्कृतिक आदि पछौटेपन र पिछडिएको चिन्तनलाई बदल्न र सबै समृद्धतामा परिणत गर्न नयाँ विचारसँगसगै नयाँ योजना, कार्यक्रम, कार्यशैली, नयाँ दिगो जोश जागरको अनिवार्य आवश्यकता छ । पुरानै हैकम र हैशियतले न नयाँ कर्णाली बन्न्न सक्छ । न प्रदेशले नयाँपन पाउन सक्छ। न मुलुकले नयाँ मुहार फेर्न सक्छ ।

मुलुकलाई नयाँ ढगले परिचालित गर्नका लागि नै अखण्ड भुभागलाई ७ चिरामा सविधानतः व्यवस्था गरिएको छ । यो सात चिरालाई अवैधानिक बाटो तर्फ नजान दिन नै मुलुकलाई नयाँ ढग र नयाँ सोचाईले सञ्चालन गर्न नयाँ विचार र योजनाको अति आवश्यक छ । त्यसको लागि नयाँ विचार र शक्तिको निमार्ण सबै नयाँ चाहनेहरुबाट हनै पर्छ । राज्यले पिछडिएका क्षेत्र र वर्ग एवम समुदायलाई अपग्रेड गर्नका लागि सिगो राज्य र नेतृत्व तहहरु अति सकारात्मक मात्रै होईन ,लगानीका लागि पनि तयार हुनु पर्छ । प्रदेश निमार्णलाई दलहरुले आफनो प्रतिष्ठा निमार्ण र नेतृत्व हत्याउने अर्थात आफु शासक बनि रहेने स्वार्थले गर्नु हुदैन । त्यसैले प्रदेश निमार्ण गरेर मात्र हुदैन ।तिनीहरुलाई सञ्चालन गर्ने नयाँ क्षमता ,योजना र विचार निमार्ण गर्ने सामथ्र्य पनि नेतृतवमा हुनु पर्छ । पुराना कार्यशैली र नियत एवम प्रवृतीले अब मुलुक र विश्व चल्न सक्दैन ।…… त्यसका लागि नयाँ सोचाई , विचार र योजना र जन शिक्ती नै आजको नयाँ आवश्यकता हो ।०००नयाँ शक्ति निमार्ण अभियान्ताहरुले नयाँ विचार, कार्यदिशा र योजना अगाडि बढाउनु पुर्व विगतमा आफनो तह र जिम्मेवारीमा रहदा भएका कमिकमजोरीका समबन्धमा सार्वजनिक माफी माग्ने र देश तथा जनताका लागि गरिएका उपलब्धीहरुको स्वामित्व ग्रहण गर्ने विषयमा सचेत हनै पर्छ । अनि देश, समाज, गाउँ ,घर र विश्व बदल्नको लागि पुरानै सोच र विचारले हुदैन । त्यसैले एउटा सहभागितामुलक विचार र परिष्कृत दर्शनको आधारमा मुलुक र समाज बदल्ने प्रण लिनै पर्ने हुन्छ । नयाँ विकास र विचार लागु गर्ने क्रममा अभियान्ताहरुले पुरानो व्याज असुल्ने र रवैया नछोड्ने प्रवृतीले प्रस्तुत भएमा नयाँ विचार लागु गर्न सकिदैन । त्यसैले आफु नबदली अरुलाई बदल्न सकिदैन । अभियान्ता नयाँ परिवेश अनुसार रुपान्तरित हुनु आवश्यक  छ ।

शासक वर्गहरुले पनि आ—आफना प्रवृतीहरुमा आमुल परिवर्तन ल्याउनु आवश्यक छ । नयाँ आवश्यकता, नयाँ परिस्थिति, आत्मगत र नयाँ वस्तुस्थितिमा मुलुक वा विश्वलाई चलाउन प्रकृतिसँग नयाँ तरिकाले जुध्नै पर्छ । हिजो तयारीले आजको आवश्यकतालाई पर्ति गर्न सक्दैन, आजको तयारीले हिजोको आश्यकतासँग दाज्न वा लागु गर्न व्यवहारतः सकिदैन । त्यो दुसाहस हुन जान्छ । बगेको हावा र पानीलाई रोक्न सकिदैन । तर आवश्यकता अनुसार त्यसको उपयोगका प्रविधिहरुको विकास गर्ने सकिन्छ । त्यसैले हिजोको कर्णालीको आवश्यकता ,सम्भाव्यता र समस्याहरु पहिचान गरेर आजको आवश्यकता अनुसार प्रयोग वा उपयोगका विधिहरुको विकास गर्न सकिन्छ । त्यो पनि हिजो सोचाई र प्रविधिले होईन । नयाँ वा आजको परिवर्तित र परिमार्जित विचारले मात्रै कर्णालीलाई विकसित गर्न सकिन्छ । अर्को कुरा कर्णालीका नाम गैरसरकारी सघ सस्था र राज्यले लिने गरेको रकम र विकास योजना तथा कार्यक्रमहरुको गम्भिर समिक्षा, अध्ययन गरेर राम्रोलाई सेवासी र नराम्रोलाई छानविनका आधारमा कारवाही गरिने अभियान शुरु गर्न ढिलाई गरिनु हुदैन । अनि कर्णालीलाई मागी खाने प्रवृती र कर्णालीका नागरिक वा दललाई भोट बैक वा खेताला बनाउने केन्द्रिय दलहरुलाई पहिचान गरेर भए पनि कर्णालीको अथाह श्रोत साधनको स्व—उपयोग गरेर भए पनि समृद्धिकरण गर्ने सोचाई हरेक कार्णालीको नागरिकको हुनु पर्छ । अबका दिनहरुमा कर्णालीका नागरिक ,नागरिक व्यक्तित्व र दलहरु अति गम्भीर भएर अगाडि बढनका लागि सचेत र सगठित हुन आवश्यक छ । भनिन्छ माल पाएर मात्रै हुदैन ,चाल पनि त्यति कै पाउन सक्नु पर्छ ।
लेखकः राजनितिका माष्टर तह उत्तिर्ण गर्नुका साथै अधिबक्ता तथा सामाजिक कार्यकर्ता हुनु ।