नेपालगञ्ज कांग्रेसले पाउने, उपमहानगरको पनि भागवण्डा टुंगियो

७ वैशाख २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वलाई लिएर भएको विवाद समाधान भएको छ ।बुधबार बसेको सत्तारुढ गदलको शीर्ष नेताको बैठकले नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो । योसँगै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको छ । सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।