माओवादी केन्द्र नेपालगंजको विस्तारित बैठक विविध निर्णय गर्दै सम्पन्न

३ बैशाख २०७९ नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको तेस्रो बिस्तारीक बैठकले विविध निर्णय गर्दै सम्पन्न भएकाे    छ ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएको उक्त बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएको नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभयो । यहि बैशाख ३० गते हुने स्थानीय चुनाव लक्षित पाटीका उम्मेदवार छनौट, आर्थिक व्यवस्थापन र बिशेष गरि सत्ता साझेदारी दल संग चुनावी गढबन्धनका बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कार्यक्रममा ३ वटा कमान्ड इन्चार्जहरुले आ-आफ्नो कमान्डको रिपोर्टिङ गर्नुभएको थियो ।

सो कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन बहादुर शाहीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश कमिटी सह सचिव एवम युवा नेता अकल बहादुर बम रहनु भएको थियो । बिशेष अथिति नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेस सदस्य गेहराज रिजाल (नवीन) शर्मा, आदेश अग्रवाल जिल्ला समन्वय सचीव डिल्ली बराल (अमिर) अतिथि जिल्ला समन्वय समिति सदस्य जया कुमारी खड्का, माेहन लाल साेनखर लगायतका नेता तथा कार्याकर्ताको सहभागीता रहेको थियो। बैठकले प्रचार प्रसार तिव्र पार्नुका साथै संगठन विस्तार र घर घर जाऔं अभियान चलाउने बारेमा पनि विस्तृत रुपमा छलफल गरेको जनाईएको छ ।