प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

फागुन १३, २०७८काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ। वामदेव शुक्रबार प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
सो क्रममा राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रचण्ड र गौतमबीच झण्डै एक वर्षपछि भेटवार्ता भएको बताइएको छ ।