युवा नेता न्याैपानेकाे पहलमा नापी र मालपोत कार्यालयकाे शाखा कोहलपुरमा स्थापना

२२ चैत्र २०७८ काेहलपुर ।  नेकपा  (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवा नेता नरेन्द्र न्याैपानेकाे पहलमा काेहलपुरमा नापी र मालपाेत कार्यालयकाे शाखा स्थापना हुने  मन्त्रीपरिषद्ले आज निर्णय गरेको छ ।

नेपाल सरकारको मन्त्रीपरिषद्को आज बसेको निर्णयाअनुसार मालपोत कार्यालय र नापी कार्यालय गौशाला, मोहत्तरी, कोहलपुर, बाँके, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज बमोजिम कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत भएको पत्रमा उल्लेख रहेको छ ।

माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय कोहलपुरमा स्थापना गरी कार्यक्षेत्र समेत स्वीकृत भएको छ ।

माओवादी केन्द्रका नेता न्यौपानेले कोहलपुरका जनताहरुको अपेक्षा अनुसार काम गरे, त्यसको फल अहिले पाएकोमा निकै खुसी भएको बताए । उनका अनुसार कोहलपुरमा अबको २ दिनभित्रै मालपोत र नापी कार्यालय स्थापना हुने उनले बताए ।

उनका अनुसार कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्नका लागि माओवादी केन्द्रले लामोसमयदेखि पहल कदमीहरु गरेको थियो जसको फल आजको पत्रले देखाएको छ । कोहलपुर नगरपालिकाका अहिले माओवादी केन्द्रका मेयरका उम्मेदवारको रुपमा चर्चा समेत भैरहेकाे छ ।

पत्र सहित