नेपालगन्जको न्युमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड क्षती

 नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ घरबारी टोलमा रहेको न्युमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षती भएको छ । मंगलबार राति करिव १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको पसलका सञ्चालक उमेशकुमार कसौंधनले दिनुभएको जानकारीअनुसार भयो ।

विद्युत  सर्ट सर्किट भएर आगलागी भएको जनाउँदै आगलागीको खबर थाहा पाउनेवित्तिकै दमकल, प्रहरी र स्थानीय बासिन्दाले पुगेर केही बेरमै आगोमा नियन्त्रण पाए पनि पसलभित्रको सबै सामान जलेर खरानी भइसकेको बताउनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरन्जन घिमिरेले आगलागीबाट ठुलै क्षति भए पनि क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाउँदै सबै विवरण पाएपछि मात्र क्षति यकिन गर्न सकिने बताउनुभयो ।