सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको शपथ ग्रहण शुक्रबार हुने

२६ माघ २०७९ कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमालेका नेता राजेन्द्र रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार शपथ ग्रहण हुने छ ।