महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा स्ववियु निर्वाचनको सबै प्रक्रिया रोकियाे

२८ फागुन २०७९ नेपालग‌ज । महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सबै प्रक्रिया रोकियएको छ । निर्वाचन समिति संयोजक ठन्डीराज जमरकट्टेलले जानकारी    दिए । शनिवार उम्मेदवारी दिने समयमा साना आठ बिद्यार्थी संगठनहरुले उम्मेदवारी दिने समयमा निर्वाचन समितिको कार्यलयमा तालाबन्दी गरे पछि सबै प्रक्रिया रोकिएको थियो । उम्मेदवारी दर्ता हुने समयमा अवरोध भए पछि नियमानुसार प्रक्रिया अघाडी बढाई स्ववियु निर्वाचन संचालन गन वातावरण नभएपछि माइन्युट गरेर क्याम्पस प्रमुख समक्ष जानकारी गराएका छौ जमरकट्टेले बताए । अब क्याम्पस प्रमुखले ३० दिन भित्र छलफल गरी टुंगोमा पुर्याउनुहुनेछ ।

बिद्यार्थीहरुले नाममावली प्रकाशन गर्दा देखी नै असन्तुष्टि ब्यक्ती गर्दा आएका थिए क्याम्पसले दावी बिरोधको समयमा थप बिद्यार्थीहरु थपेर पुन नामवली प्रकाशन गरेपछि आठ बिद्यार्थी संगठनले ताला लगाएको र उक्त बिषयमा छानबिन गरी निश्पक्ष भयरहीत वातावरणमा निर्वाचन गर्न माग समेत गरेका छन ।