२९ फागुन २०७८ दैलेख । दुल्लु नगरपालिका १० नं. वडा कार्यालय लाई गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन । कोभिड १९ को महामारी बाट प्रभाबिद अतिबिपन्न परिवारहरुलाई नगद हस्तान्तरण कार्यक्रमका लागि केन्द्र सरकारको मिति २०७८/०७/२५ गते सुचना प्रकाशिल भएको थियो । उक्त्त अतिबिपन्न परिवार लाई अएको कार्यक्रम वडा कार्यालयले लक्षित बर्गका परिवारहरुलाई जानकारी नदिएको र सुचना समेत प्रकाशित नगरेर एकलौटी तरिकाले नगद हस्तान्तरणका लागि आवश्यक पर्ने फम भर्नबाट नै लक्षित वर्गका जनता लाई बन्चित गरीएको भन्दै २०७८ फागुन २६ गते गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले ज्ञापन पत्र बभाएका थिए ।
वडा कार्यालयले कुनै संम्वाद सहकार्य नगरेको भनी आज वडा कार्यालयमा ताला बन्दी गरीएको नेकपा माअवादी केन्द्र दैलेख जिल्ला कमिटी सदस्य युवा नेता नमराज योगीले जानकारी दिनु भयो ।
गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले वडा कार्यालय बन्द किन ?
१. कोभिड १९ प्रभाबित अति बिपन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धि सुचना टाँस नगरी लक्षीत वर्गलाई जानकारी नै नदिई मनोमानि ढंगले अगाडी बढेकाले ।
२. जनप्रतिनिधिको रोहवरमा सर्वसम्मत निर्माण समिति बनेकोमा राजनितीक पुर्वाग्रहका अधारमा येजना सम्भौताको सिफारिस रोकेकाले
३. वडा स्तरमा संचालनहुने स्वरोजगार कार्यक्रम बजेट फ्रिज गरेकाले ।
४. वडा स्तरमा हुने सार्वजनीक बिषयहरुमा छलफल र समन्वय नगरी एकलौटी ढंगले अगाडी बढेकाले ।
सत्ता गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले वडा कार्यालय बन्द किन ? भनी हस्ताक्षर गरी सार्वजनीक गरेका छन । नेपाली काँग्रेश दुल्लु नगरपालिका १० नं. पार्टी वडा सभापति दिपेन्द्र कुमार पुरी, नेकपा माअवादी केन्द्र दुल्लु नगरपालिका १० नं. पार्टी वडा अध्यक्ष नगेन्द्र बहादुर शाही, नेकपा एस, दुल्लु नगरपालिका १० नं. पार्टी वडा अध्यक्ष मान बहादुर बस्नेत, नेकपा सयुत्त, दैलेख जिल्ला कमिटि सदस्य गेपाल कँवर योगी ले हस्ताक्षर गरेका छन ।
बिहानीको तारा । २९ फाल्गुन २०७८, आईतवार १५:२२