लागुऔषध सहित एक युवक नेपालगन्जबाट पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आज जमुना नाकामा चेकजाँचको क्रममा चन्दननाथ नगरपालिका–१० जुम्ला घर भएका ह्रदेश खत्रीलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका व्यक्तिसँग ट्रामाडोल नामक लागुऔषधका १९९ वटा क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । खत्री भारततर्फ जाँदै गर्दा चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो।

हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी एवम् प्रहरी नायव निरीक्षक दिपक पतलीले जनकारी दिए ।