नेपालगन्जको गोस्पल चर्चमा ‘क्रिसमस डे’ मनाइयो

नेपालगन्ज : नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० स्थित गोस्पल एसेम्बली चर्चमा येशु ख्रीष्टको जन्मदिन अर्थात बडादिनको अवसरमा भब्य रुपमा मनाइएको छ । आज देशभर यशुको जन्मोत्सव हर्षोउल्लासका साथ मनाइदैछ । बिश्वभरी २५ तारिख अर्थात पुस १० गते यशुको जन्मोत्सव मनाइन्छ ।

यस्तै चर्चका रेभरेन्ट पास्टर केबि बस्यालले सबै लाई शुभकामना दिदै ‘येशुजन्मले संसार भरी प्रेम छर्न, शान्तिको मार्ग तयार गर्न, मानिस र परमेश्वरको मिलापको लागि यशुले मानिसहरुलाई मानिस जस्तै भएर बुझाउन  मानिसको रुपमा जन्मलिनु भयो अनि हाम्रा सबै पाप क्षमा गरि अनन्तको मार्ग तयार गर्नु भयो भनी ख्रीष्टमस २०२४ र नयाँ बर्ष २०२५ ले समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो ।


त्यस्तै चर्चमा नाचगान तथा नाटक बाट येशु ख्रीष्टको जन्म बारे प्रस्तुत गरिएको थियो ।’

ख्रीष्टमसमा बिश्वासीहरु( ख्रीस्टमा आस्था राख्नेहरु) एकअर्कामा प्रेम सद्भाव सटासाट गर्ने, उपहार आदानप्रदान गर्ने गरि मनाउदै आएका छन ।

आजभन्दा दुई हजार २४ वर्षअघि  आजका  दिन इजरायलको वेथलेहेममा पवित्र आत्माद्वारा  कन्या कुमारी मरियमबाट यशुख्रीष्ट जन्मनुभएका हो । भन्ने बिश्वासका साथ  प्रभु येशुले  मुक्ति, प्रेम,शान्ति र मानिसलाई प्रेम गर्न आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिन्छ ।