
बाँके । साकार कृषि सहकारी संस्था लिमिटेडको वार्षिक कार्यक्रम अन्तर्गत धान खेती प्रविधि तथा बीउ उत्पादक किसान सदस्यलाई प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
संस्थाका अध्यक्ष हुमाशंकर वलीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री कृष्णा केसी (नमुना), बिशेष अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलको उपस्थित रहेको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे, बीउबिजन प्रयोगशाला खजुरा बाँकेका अधिकृत अनिल चौधरी, अडिटर एसोसिएसन बाँकेका अध्यक्ष भुवन गैरे, संस्थाका लेखा संयोजक सूर्यप्रकाश घर्ती, सञ्चालक सदस्यहरू, शेयर सदस्यहरू तथा बीउ उत्पादनमा संलग्न किसानहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा ६६ जना किसानलाई बीउ उत्पादन प्रोत्साहन स्वरूप संरक्षित पुँजी फिर्ता कोषबाट रु. ८३,७३० वितरण गरिएको छ । त्यस्तै, बीउ उत्पादनमा उल्लेखनीय योगदान दिने तीन जना किसान सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको छ ।




बिहानीको तारा । १ असार २०८२, आईतवार १६:२९