३ कार्तिक २०७९ नरैनापुर । सुगम जिल्लाकाे दुर्गम बाँकेकाे नरैनापुर गाउँपालिका बिस्तारै सुगम हुदै गएकाे छ । याे ठाउँमा न बिजुली थियाे, न सडक संजालसँग जाेडिएकाे थियाे । यस क्षेत्रबाट २०७४ मा बाम गठबन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएर बिजय भएकी कृष्णा के.सी नमुनाले यस क्षेत्रलाई दुर्गम बाट सुगममा परिणत गरेकी छन ।
नरैनापुर बत्तीकाे पहुँचमा अहिले सम्म पुगेकाे थिएन । नमुनाले बिजय पछि पहिला बिद्युत र सडक संजाल सँग जाेड्ने अठोट गरेकाे र याे याेजना कार्यन्वयन गर्न सफल बनिन नरैनापुर सम्म बिद्युत पुर्याउन र नेपालगंज देखी नरैनापुर सम्म सडक सँग जाेड्न सफल नमुना याे पटक पनि प्रदेस सभा सदस्यमा उम्मेदवारी दिएकी छन । अहिले दिनहुँ जसो नमुना जनताकाे घरमा बस्ने र उनीहरुका समस्या बुझ्ने सोही अनुरुप काम गर्ने उनकाे स्वभाव रहेकाेले उनी जनता लाई आसवास मात्र होइन काम गरेर देखाउने गरेकाे नरैनापुरका स्थानीयले बताउने गरेका छन ।
नरैनापुर गाउँपालिका वडा न ६ जमुनीका वासिन्दाले सिचाइको माग गरेका छ्न । बिहीबार बाँके क्षेत्र न १ क लुम्बिनी प्रदेश सभा उम्मेदवार कृष्णा केसी संग नमुना भेटघाटको क्रममा जमुनीका मतदाताले नरैनापुर सुख्खा क्षेत्र भएकोले सिँचाइका लागि माग गरेका हुन । भेटघाट स्थानीयले आफुहरु वर्षौदेखि अध्यारोमा बस्न बाध्य भैरहेका बेला बिजुली र सडक ल्याएर गुण लगाएको भन्दै अब सिँचाइको व्यवस्था गरेर नरैनापुरमा कृषि गरेर रोजगार बन्न वातावरण सिर्जना गरिदिन आग्रह गरेका छ्न । जमुनीका रमजान अलि साइले बाख्रा पालनका लागि पकेट अनुदानको व्यवस्था गरिदिन माग गरे। पहिले हामीले तपाईं लाई जिताएर सडक र बत्ति आयो त्यसैले पनि तपाईं काम गर्नुहुन्छ भन्ने पूरा विश्वास छ । यसपटक पनि हामी जिताउछौ ।
साइले भने त्यस्तै स्थानीय मणीराम धोबीले नमुनाले नरैनापुरमा सडक बत्ती ल्याएर नमुना काम गरेको बताए । स्थानीय मतदाताहरु संगको छलफलमा नमुनाले नरैनापुरका बासिन्दाको माग अनुसार नरैनापुरका हरेक वडामा सिँचाइका लागि प्रत्येक वडामा ४/४ वटा डिप बोर्डिङको गाड्ने काम अघि बढेको बताइन ।
सिक्टा सिचाइको पुर्वीनहरको मुआब्जाको समस्या समेत समाधान भैसकेकोले नरैनापुरमा छिट्टै सिँचाइको सुविधा पुग्ने नमुनाले बताइन । राप्तीनदीको कटानको समस्या समाधान गर्न नदी किनारमा तटबन्ध गर्ने काम समेत छिट्टै अघि बढ्ने बताइन । छलफलमा माओवादी केन्द्र मधेसी मुस्लिम र दलितको पार्टी भएकोले मतदान गर्न तत्पर रहेको बताएका थिए ।
बिहानीको तारा । ३ कार्तिक २०७९, बिहीबार १६:१७