गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई सोमबार बिहान पक्राउ गरिएको पुष्टि गर्यो ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।