क्रान्तिकारी स्ववियू काउन्सिलको संयोजकमा रेशमलाल श्रेष्ठ चयन


२२ असार २०८० काठमाडौँ । क्रान्तिकारी स्ववियू काउन्सिलको संयोजकमा रेशमलाल श्रेष्ठ, सहसंयोजक निराजन केसी, सचिवमा सहिछ्याङ लामा निर्वाचित भएका छन् । स्ववियू काउन्सिलको भेलाले स्ववियुमा निर्वाचित प्रतिनिधिलाई सकारात्मक काम गर्न सहयोग पुग्ने खनालको भनाई छ । ‘हामीले अखिल क्रान्तिकारीसहित स्वतन्त्रबाट निर्वाचितहरुलाई बोलाएर भेला र प्रशिक्षण गर्यौं’ खनालले भने, ‘यस भेलाबाट स्ववियुमा निर्वाचित प्रतिनिधिलाई रचनात्मक काम गर्न सहयोग पुग्ने अपेक्षा लिएका छौं ।

अखिल क्रान्तिकारीबाट निर्वाचित भएका प्रतिनिधिहरुको संगठन क्रान्तिकारी स्ववियू काउन्सिलको तेस्रो भेला सकिएको छ । गत बुधबारदेखि सुरु भएको भेला आज सकिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले बताए ।

गत बुधवार स्ववियू काउन्सिल भेलालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले वैचारिक र राजनीतिक प्रशिक्षण समेत दिएका थिए ।