नेपालगज । आसन्न स्वतन्त्र बिद्यार्थी यूनियन “स्ववियु” निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न बिद्यार्थी संगठनहरु निरन्तर लागि परेका छन । स्ववियू निर्वाचन लाई मिनी संसदको रुपमा हेरिने हुँदा पनि राजनीति दलले यस्लाई प्रस्तिष्ठाको बिषय बनाएका हुन्छ ।
त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज साबिक मध्य तथा सुदुरपश्चिमको केन्द्र मानिने हुँदा पनि यस क्याम्पस लाई बिशेष रुपमा हेरिन्छ ।क्याम्पसमा नियमित बिद्यार्थीहरुसँग बिभिन्न बिषयमा छलफल चलाईरहने बिद्यार्थीहरुका समस्यालाई समाधान गर्न लागि पर्ने र क्याम्पस प्रशासनसँग बिद्यार्थीका मुद्धा लिएर छलफल चलाएर बिद्यार्थीमा लोकप्रिय भएका हरेन्द्र बि.क. हुन ।
हरेन्द्र बहादुर बि.क. को नेतृत्वमा संयुक्त प्यानल निर्माण गरिएको छ । जसमा अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल क्रान्तिकारी बहुमत, जसपा निकट बिद्यार्थी, रहेका छन ।
यस्तै हरेन्द्र स्नात्तोत्तर एम.बि.एस चौथो सेमेस्टरमा अध्ययनरत नियमित बिद्यार्थी हुन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्ववियु सचिवमा अत्यधिक मत ल्याई बिजयी भएका थिए ।
उनै हरेन्द्रले आसन्न चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन “स्ववियु” को महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । बिद्यार्थी माझ निकै लोकप्रिय छन, बिद्यार्थीहरुका मुद्धा सधैं अग्रसर हुन्छन, बिद्यार्थीको सेवा गर्नु मेरो धर्म भएको बताउने गर्छन, यसले गर्दा यसपालि पनि बिद्यार्थीहरुले गत निर्वाचन जस्तै अत्यधिक मत दिनेमा बिश्वस्त भएको बताउने गरेका छन ।
महेन्द्र बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले यसपालि पनि हरेन्द्र लाई भोट दिने बताउन्छन । बिद्यार्थीहरुले अरु उम्मेदवार भन्दा हरेक हिसावले अब्बल भएको बताउने गरेका छन । क्याम्पस हरेक गतिबिधि बुझेका, बिद्यार्थीका समस्या बुझेका हुनाले पनि उनलाई साथ दिन अन्य बिद्यार्थी संगठनले पनि हात बढाएका छन ।
संयुक्त प्यानलको नेतृत्व गर्ने जिम्मा हरेन्द्रको छ । उनको नेतृत्वमा सचिव दिपेन्द्र के.सी. कोषाध्यक्ष बिष्णु कनौजिया, सदस्यमा स्वस्तिका न्यौपाने, प्रकाश बि.क., भाष्कर सिंह यादव, रमेश नेपाली, हिमा वली, राजेन्द्र खत्री, नवीन बि.क. जागृति थारु रहेका छन ।
सन्तोष कुमार बिष्ट । २७ फाल्गुन २०८१, मंगलवार २२:२६