नेकपा एमालेका अध्यक्ष केपी ओली जुम्लाको नराकोटमा

१७ चैत्र २०७८ सिन्जा । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली जुम्लाको सिन्जा गाउँपालिकाको नराकोटमा पुगेका छन । नेकपा एमाले जुम्लाद्धारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्न अध्यक्ष ओली जुम्ला पुगेका हुन । हेलिकप्टर मार्फत जुम्ला पुगेका अध्यक्ष ओलीले आमसभालाई संवोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभामा जुम्ला लगायत मुगु र कालिकोटका नेता कार्यकताको समेत उपस्थिती रहेको छ । अध्यक्ष ओली दैलेख जिल्लाको दुल्लु हुदै जुम्लाको सिन्जा गाउँपालिकाको नराकोटमा पुगेको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिए ।

अध्यक्ष ओलीले जुम्लाको सिन्जा उपत्यका संगै कनकासुन्दरी मन्दिरको समेत अवलोकन गरेका हुन । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीको संवोधन सुन्नको लागि गाउँ गाउँ  देखि जनता नराकोटमा आइपुगेका छन ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस  पुर्व उपसभापति रामचन्द्र पौडेल नराकोट आइसकेका छन । अध्यक्ष ओलीलाई फुलमाला र खादा आढाएर बाजागाजाका साथ स्वागत गरिएको छ।