रवि लामिछानेको  रिहाईको लागि आज पनि पोखरामा प्रदर्शन

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति, पुर्व उप-प्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ गरे सँगै पोखरामा दिनहुँ जसो उनको रिहाईको लागि प्रदर्शन भैइरहेको छ । पोखराको पृथ्वीचोकमा आज पनि रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।

आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।  रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् ।