नेपालगन्ज । बाँके जानकि गाउँपालिका वाइसीएल नेपाल कमिटीले २९ औं महान जनयुद्ध दिवसको अवसरमा वाइसीएल नेपालका केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष (जीत) को नेतृत्वमा जानकि गाउँपालिका इन्चार्ज बिजय कुमार बर्मा, कोहलपुर नगर अध्यक्ष लाल बहादुर खडका, श्रम तथा रोजगार बिभाग केन्द्रिय सदस्य इरफान अलि (अरसद), वाइसीएल नेपाल बाँकेका सचीव नरेन्द्र दाडेल र राप्ती सुनारी गाउँपालिका इन्चार्ज सुजल खड्का लगायत वाइसीएल जानकी कमिटीका युवाहरु को विशेष योगदानमा जानकी गाउँपालिका वडा न. ३ कालिकापुर्वा का सहिद नगेश्वर रैदासको परिवारलाई वाइसीएल नेपाल बाँकेले २ वटा कोठाको घर र शौचालय बनाउने कार्यको उद्घाटन गरि निर्माण कार्य सुरु गरेको छ ।

यो घर निर्माण कार्य गर्दा वाइसीएल नेपाल बाँकेका युवाहरुले आफै श्रमदान गरेर घर हस्तान्तरण गर्ने घोषणा गर्ने छन। वाइसीएल नेपाल बाँकेका इन्चार्ज जीत शेषले बताएका छन । साथै जनयुद्धका सहिद परिवार , घाइते बेपत्ता योद्धाहरुको घर परिवार संग भेटघाट गरि जनयुद्ध दिवसको शुभकामना आर्दन प्रदान संगै सम्मान पनि गरेका छन ।



बिहानीको तारा । २ फाल्गुन २०८०, बुधबार २०:५९