त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा ‘स्यानेटरी प्याड खरिद प्रक्रियामा गम्भीर त्रुटि’ भएकाे छ : अनेरास्ववियु

२४ साउन २०८० कोहलपुर । बाँकेको कोहलपुरमा रहेकाे जिल्लाकै प्रतिष्ठित बिद्यालय त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा स्यानिटरी प्याड खरिद गरिएकाे बिषय लाई लिएर अनेरास्ववियुले आफनो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै खरिद प्रक्रियामा त्रुटि भएको दावी गरेको  छ । बिद्यालयले बिज्ञप्ति निकालेर बिद्यालय प्रशासन र बिद्यालय ब्यबस्थापन समितीले आफनो गल्ति ढाकछोप गर्ने प्रयास र त्यहाँ भएको अनियमितता लुकाउन रचिएको प्रोपोगान्डाको संंज्ञा दिएको छ ।

अनेरास्ववियुले सेटिङमा ल्याईएको स्यानेटरी प्याडको गुणस्तरीयता नाप जाँच हुनुपर्ने, खरिद प्रक्रिया मिचेर ल्याउने दोषिलाई कारबाहि गरीनुपर्ने अन्यथा अनेरास्ववियु चुप लागेर नबस्ने जनाएको छ । कोहलपुर नगर भित्रका बिद्यालयहरुमा समेत यस खालको नजिर बस्ने भन्दै नजिर बस्न नदिन समेत अनेरास्ववियु सतर्क रहेको भन्दै अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरेले बुढि मरी भन्दा पनि काल पल्किनेमा आफुहरु चिन्तित रहेको बताए ।

अनेरास्ववियु अहिले पर्ख र हेरको नीतिमा रहेको भन्दै बाँके जिल्ला अध्यक्ष प्रकाश बिकले त्रिभुवन नमुना माध्यामिक बिधालयका सबै घटनाक्रमलाई नजिकबाट नियाल्दा त्यहाँ भए गरेका अनियमितता भएको प्रष्ट भएको उल्लेख गर्दै तत्काल अनुसन्धान गरेर दाषिलाई कार्वाही गरिनुपर्ने अन्यथा फेरि यस्ता घटनाहरु नदोहरीएलान भन्न सकिने स्थिती नभएको जिकिर गरे ।

खरिद ऐनमा भएको ब्यबस्था बमोजिम किन खरिद नगरिएको हो बिद्यालयका छात्राहरुको स्वास्थ्यसंग खेलबाड गर्नेहरु को को हुन् सत्य तथ्य छानविन होस र प्रतिबेदन समेत सार्वजनिक गरिनुपर्छ अध्यक्ष बिकले भने । सेनेटरी प्याड खरिदमा सामुदायिक बिद्यालयहरुमा अनियमितता हुने गरेको पाइन्छ यस्लाइ रोक्नको लागि पालिकाहरुले नै खरिद गरेर बिद्यालयहरु वितरण गर्नुपर्ने उनको थप कथन थियो ।