उपसभामुखमा एमालेकाे तर्फबाट विद्या भट्टराईको पनि उम्मेदवारी दर्ता

३० असार २०७९ काठमाडौं ।  प्रतिनिधि सभाको  रिक्त रहेकाे  उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।