बाँकेको जानकीमा मध्यराती चोरी र लुटपाट

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ रुद्रपुर नयाँबस्तीमा बुधबार मध्यराती डाका चोरी, लुटपाट भएको छ । लुटेराहरुको समूहको आक्रमणमा परी स्थानीय ४० बर्षिय सन्तोष कठरियाको मृत्युभएको हो । उहाँको श्रीमति घाईते हुने हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले डाका, चोरी, लुटपाटमा समलग्न भएकाहरुको खोजतास, अनुसन्धान भईरहेको बताउनुभयो । लुटेराको समूहले केही थान गरगहना र मोबाइल, नगद लुटेर लगेको पीडितले बताएका छन ।