भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे गाडी पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा जरिवाना

९ साउन २०७९ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे गाडी पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा जरिवाना गरिएको छ । ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीले चढ्ने गाडी बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले जरिवाना गरेका हुन् ।

पार्किङ निषेध गरिएको ठाउँमा रोकेको कसुरमा राइ चढ्ने गाडीलाई १ हजार रुपैयाँ जरिवाना गरिएको छ । गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । सो गाडी मन्त्रीले निजी काममा प्रयोग गर्दै आएको बताइएको छ ।