१० बैशाख २०७९ नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उप-महानगरपालिकाले गठबन्धन नमान्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन गरि नगर कमिटीले नेपालगन्ज उप-महानगरपालिका लाई केन्द्रले हेला गरेको भन्दै उप-महानगरपालिका को हकमा २३ वटा वडा नै मेयर उप मेयर सहित एकल लड्ने निर्णय गरेको नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । उक्त पत्रकार सम्मेलनमा नगर अध्यक्ष अध्यक्ष नगर अध्यक्ष रतन बहादुर शाही, नेकपा माओवादी केन्द्र बाँकेका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, मिना चदरा, आदेश अग्रवाल , नगर उपाध्यक्ष बसन्त मल्ल, गोपाल पुन, सचिव प्रेम शाही , कोषाध्यक्ष कश्मिरा खातुन, २३ वटा वडा कै वडा अध्यक्ष, सचिव, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो।बिज्ञप्ति सहित
बिहानीको तारा । १० बैशाख २०७९, शनिबार १६:५८