
११ चैत, काठमाडौं । पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्यु गिनी पिएनजीविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएकाे छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङकाे निम्ताे दिएका हुन् । यसै खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसियमा डेब्यु गरेका छन् । नेपालको प्लेईङ ११ मा कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ रहेका छन् । अनिल शाहले यसै खेलमार्फत ४ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।



बिहानीको तारा । ११ चैत्र २०७८, शुक्रबार १०:१७