प्रतिनिधि सभा हिउँदे अधिवेशनको सुरुमै रास्वपाको अवरोध

काठमाडौँ । प्रतिनिधि सभा हिउँदे अधिवेशन शुक्रबार १ बजेबाट सुरु भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ ।

अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ ।