नेपालगंज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको सातौ जिल्ला अधिवेशनमा डा. डक्ट प्रसाद धिताल सहित चार जना बिभिन्न विधामा नगद पुरस्कार सहित सम्मानित भएका छन । नेपालगंज उद्योग बाणिज्य संघको हलमा भएको अधिवेशनमा धिताल क्रान्तिकारी पत्रकारी बिधाबाट नगद पुरस्कार सहित सम्मानित हुनु भयो भने सुशील संघर्षसिल पत्रकारिताबाट शिव सुनार नगद पुरस्कार सहित सहित सम्मानित भए भने बिरमी-चन्द्र ग्रामिण पत्रकारिता पुरस्कारबाट सबिता चन्द र शान्ति सुनार सम्मानित भएका हुन ।
प्रेस सेन्टर बाँके जिल्लाको अधिवेशनमा प्रेस युनियनका बाँके जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल प्रेस युनियन बाँके अध्यक्ष दुर्गा रोकाय, wwj बाँके जिल्ला अध्यक्ष शावित्री गिरी, ठकुरी पत्रकार संघ बाँके अध्यक्ष बिजय मल्ल, दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियार, प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति सचिव गजेन्द्र गुरुङ, आलम खान, उपाध्यक्ष प्रदिप वाग्ले नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव कृष्ण वली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लगाएतले शुभकामना दिएका थिए ।
नवनिर्वाचित नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव कृष्ण वली, सदस्य पहल बहादुर के.सी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।
प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेश अध्यक्ष मानसिंह बि.कले ‘युद्ध पत्रकारिता देखी अहिले सम्म आउँदा बाँके जिल्ला देशमै अग्रमी भूमिका खेलेको र सत्य तथ्य र खोजमूलक पत्रकारिताको पक्षमा कलम चलाउन अग्रह गर्नुभयो ।’ ‘युद्धकालमा पत्रकारिता गर्न धेरै चुनौति थियो,’ यहि कलमले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको अव सोही अनुसार सत्य तथ्य र विश्वनीय समाचार सम्प्रेशण गर्नु पत्रकारको धर्म भएको बताउनुभयो ।
प्रेस सन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले पछिल्लो समय पत्रकारितामा धेरै समस्याहरु देखा परेका छन ति समस्या भनेको समाचारको विश्वनीता वा फेसबुकमा हुने भ्रामक सुचनाले समस्या ल्याएको हुँदा सबै कुरा पहिचान गरेर मात्र समाचार सम्प्रेशण गर्नु पत्रकारको कर्तव्य हो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले “जनयुद्धलाई केही युटुबरले हिंसाको हवाला दिने गरेको र पत्रकारिता भन्दा बाहिर गएर जनयुद्ध प्रति नकरात्मक भ्रम फैलाइरहेको प्रति सेन्टरका साथिहरुले त्यसका बिरुद्ध कलम चलाउन आग्रह गर्नुभयो ।” कृष्णसेन इच्छुकले स्थापना गरेको क्रान्तिकारी संगठनको बिराशत बोकेको संगठन हो यसको गरिमा अझ बढाउन सेन्टर सम्बद्ध पत्रकारलाई आग्रह गर्नुभयो ।
अधिवेशनको उदघाटन सत्रको अध्यक्षता सेन्टरका जिल्ला अध्यक्ष राजेश आचार्यले गर्नु भएको थियो, प्रमुख अतिथि प्रेस सेन्टर नेपालको केन्द्रिय सचिव सिराज खान, बिशिष्ट अतिथि नरेन्द्र पाण्डे जेम्स, अतिथि केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज डा. डक्ट प्रसाद धिताल, सुशिल लामिछाने, शिव सुनार लगाएको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जिल्ला सचिव केपी घिमिरेले गर्नुभएको थियो ।
सन्तोष कुमार बिष्ट । २४ पुष २०८१, बुधबार २१:४६