सिपमुलक तालिमको समापन

१४ असार २०८० नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ कार्यालयको आर्थिक सहयोग र टियर रिलिफको आयोजनामा आज एकल महिला भवनको सभाहलमा ७ दिने आर्थिक रुपले बिपन्न महिलाहरुको जिबिकोपार्जनमा सुधार कार्यक्रम अन्तर्गत व्यवसायिक सारक्षता साथै आधुनिक डिजाईनका पोते बुनाउने सिप बिकास तालिमको समापन भएको छ ।

समानपन कार्यक्रममा द्धन्द्ध पिडित तथा एकल महिला बाँके अध्यक्ष एक माया बि.कले सिप सिकेर मत्र हुदैन त्यस लाई बजारी करण गर्नु पर्छ । सिपले आत्मनिर्भर भईन्छ, आयअर्जनसँग जोड्ने काम गर्दछ । तपाईहरुले अब घरमा गएर झन मेहनत गर्नुहोस् यसले तपाईहरु लाई फाइदा पुर्याउन्छ । ब्यवसायीक रुपले तपाईहरु अघाडी बढ्नु पर्छ । यसको माग काठमाण्डौं सम्म हुनु पर्छ भन्दै सहभागी लाई उत्साहित गरिइन ।

त्यस्तै नेपालगंज उप-महानगरपालिका वडा नं. ९ की वडा सदस्य जयन्ती खत्रीले तालिम वा सिपले हामी लाई जिउन र सक्षाम बनाउन्छ, भन्दै तपाईहरुले आकर्षक पोतेका डिजाइनहरु प्रदशन गरेकोमा खुशी ब्यक्त गर्दै यसको बजारीकरण गर्न आफु सहयोग गर्ने र उप-महानगरपालिकाले कोसेली घर संचालन ल्याएको छ । स्थानीय उत्पादनलाई प्रथामिकता दिदै कोसेली घरमा बिक्री गर्न सकिन्छ । त्यसैले तपाईहरुले बनाएका पोतेको बजार ब्यवस्थपन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिइन ।

समापन कार्यक्रममा प्रशिक्षक रमेश राज रेग्मीले ब्यवसायीक कसरी बन्न सकिन्छ र कसरी आम्दानी गर्न सकिन्छ भनी प्रशिक्षण दिएको र आत्मनिर्भर भएर जिविकोपार्जन गर्न सकिन्छ भनी सिक्कको उदाहरण समेत दिनु भयो ।

त्यसै कार्यक्रम वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले तपाईहरुले प्रमाण पत्र ढोका झ्ण्याउने होइन सिपको पनि थप प्रयोग गरी आधुनिक डिजाइनमा पोतेका माला बनाउन सकिन्छ । थप युटुबबाट पनि हेरी बनाउन सकिन्छ यहाँबाट आइडिया लिए पुग्छ त्यसैले तपाईहरु अग्रसर हुनु भयो भयो भने हाम्रो साथ रहनेछ भन्नु भयो ।

समापन कार्यक्रममा तालिममा सहभागिहरुले बनाएका पोतेबाट बनाएका आकर्षक डिजाइनका माला, ‌औंठी, लगाएत प्रदर्शन गरिएका थिए । कार्यक्रममा सहभागिहरु लाई प्रमाण पत्र समेत दिइएको अध्यक्ष हिरा घर्तिले बताइन ।

कार्यक्रमको सहजीकरण शुष्मा चौधरीले गरेकी थिइन । समापन कार्यक्रममा वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मी, सदस्य जयन्ती खत्री, सिमा के.सी. मिना नेपाली, द्धन्द्ध पिडित तथा एकल महिला बाँके अध्यक्ष एक माया बि.क, श्रद्धानगर टोल बिकास संस्थाका अध्यक्ष डिल बहादुर थापा, सचिव सुर्य प्रसाद धिताल, समाजसेवी कृष्ण बहादुर भडेल, लगाएको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन टियर रिलिफको अध्यक्ष हिरा घर्तिले गरिइन ।