नेपालगन्ज उप-महानगरपालिका वडा ९ का अतिबिपन्न ३५ जना विद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

१० चैत्र २०७८ नेपालगन्ज । टियर रिलिफ नेपालगन्ज बाँके को आयोजना र नेपालगन्ज उप-महानगरपालिका वडा ९ को आर्थिक सहयोगमा बालबालिकाहरु लाई चेतनामूलक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम नेपालगन्ज उप-महानगरपालिका वडा ९ मा रहेकाे एकल महिलाकाे हलमा वडा भित्र रहेका अतिबिपन्न बिपन्न ३५ जना विद्यार्थीहरु लाई कपि र झोला बितरण गरिएको छ । टियर रिलिफ संस्था कि अध्यक्ष  हिरा घर्तीकाे अध्यक्षता गर्नु भएकाे थियाे । प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिका वडा न ९ को का.बा अध्यक्ष सिमा के.सि अतिथि नेपालगन्ज उप-महानगरपालिका वडा न ९ का सदस्य अकवर शेख, रमेश प्रसाद तिमिल्सेना, शान्तिया खटिक, समाजसेवी गोबिन्द रेग्मी, कृष्ण प्रसाद भडेल बिहानिको तारा मेडिया प्रा.लि का अध्यक्ष/ प्रधान सम्पादक दिपेन्द्र धिताल अर्थोक को उपस्थिति रहेको थियो । कार्यक्रमकाे स्वागत मनतब्य शुष्मा चाैधरीले राख्नु भएकाे थियाे ।

नेपालगन्ज उप-महानगरपालिका वडा न ९ का का‍.बा. अध्यक्ष सिमा के.सीले शिक्षा ज्याेति हाे, बिद्यार्थी अनुसाशित हुनु पर्छ । राम्राे सँग पढ्नु पर्छ । घर परिवारमा शिक्षाकाे चेतना फैलाउनु  अहिले  तिमिहरु साना छाै पछि ठुलाे भए पछि सामाजिक राजनितीक र अन्य क्षेत्रीकाे नेतृत्व गर्ने भनेकाे तिमिहरुले हाे भनी बिद्यार्थीहरु लाई उत्प्रेणा दिनु भयाे ।

टियर रिलिफले नेपालगन्ज उप-महानगरपालिका वडा न ९ का जनप्रतिनिधिहरुकाे ५ बर्षे कार्यकाल सकिन लाग्दा साे कार्यक्रममा खादा वडाएर सम्मान साथै बिधाई गरेका छ ।

कार्यक्रममा समाजसेवी गोबिन्द रेग्मी, बिहानिको तारा मेडिया प्रा.लि का अध्यक्ष/ प्रधान सम्पादक दिपेन्द्र धिताल अर्थोक, नेपालगन्ज उप-महानगरपालिका वडा न ९ का सदस्य अकवर शेख, रमेश प्रसाद तिमिल्सेना, शान्तिया खटिक ले मन्तब्य राखेका थिय । शिक्षा जिवकाे ज्याेती हाे भन्ने साेलाेक शहित कार्यक्रम समापन भएकाे थियाे ।