बालकुमारी घटना : जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनपछि आवश्यक कार्वाही हुन्छ : प्रधानमन्त्री  प्रचण्ड

काठमाडौँ । पुस १३ गते कोरिया भाषाका बिषयमा ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । सोही घटनाको छानबिन गर्न जाचबुझ आयोग गठन गरेको थियो । आयोगले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दोषि भएको भनी प्रतिवेदन सरकार बुझाएको छ ।

प्रतिपक्षीले ससदमा मन्त्री ज्वालाको कार्वाही माग गरेपछि प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने बताएका छन ।

सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् । ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो।  छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

उनले बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको पनि बताए । उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए । यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।