
२ भदाै २०७९ जुम्ला । जुम्लामा कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोगमा र पेस नेपाल जुम्लाको साझेदारिमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्युनिकरण जलवायु अनुकुलन परियोजना संञ्चालन भएको छ । यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि संकलन केन्द्रले स्थानीय स्तरमा उत्पादित संकलित कृषि जन्यबस्तु दैलेख, जुम्ला, कालिकोट र मुगु जिल्लासम्म निर्यात गरेको पाइएको छ ।
जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागी संकलन गर्न थिएको छ । स्याउ, ओखर, सिमि, मार्सी धान लगायत कृषि जन्यबस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारी जन्य कृषि बस्तु पनि जिल्ला बाह्रय निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली गोवी र टमाटर उत्पादन हुने गरेको छ।
त्यस्तै कृषि संकलन केन्द्रका व्यवस्थापक मान वहादुर वोहराका अनुसार ७ कुन्टल जुम्ला, १३ कुन्टल मुगु, ९ कुन्टल दैलेख, ७ कुन्टल कालिकोट र ३ कुन्टल स्थानीय रारालिही वजारमा टमाटर विक्री वितरण गरिएको छ । यस्तै १०५ क्युन्टल स्याउ सुर्खेत र अछाममा विक्री गरी १२ लाख वरावारको कारोवार गरिएको छ ।
आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन वढाउनका लागि आइपिएम विधि मार्फत आलुवाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ ।दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो । पाठशालाको सहजिकरण स्थानीय श्रोत व्यक्ति भावना रोकायाले गरेकी थिइन ।
पाठशालाको अन्तमा उन्नत प्रविधि वाट ६ कुन्टल र परम्पारगत प्रविधि मार्फत ४ कुन्टल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा बृद्धि भएपछि कृषकले उन्नत प्रविधि तर्फ अग्रसर भएको उनले बताइन ।
यो कृषक पाठशाला कनकासुन्दरी गाउपालिका ७ रोकायावाडामा सञ्चालि भएको छ ।पाठशालामा रोगकिरावाट कसरी जोगाउने भन्ने वारेमा खेतबारीमै नै सिक्न पाएका छन् ।
स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीको वारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागीता रहेको छ । यसरी जुम्लामा उत्पादित तरकारी कलन गर निर्यातको ब्यवस्थापन घर अंगानमै भएको खण्डमा महिलाका कार्यबोझ घट्न सम्भावना देखिएको छ । स्राेत महिला जागरण



बिहानीको तारा । २ भाद्र २०७९, बिहीबार १३:३८