नेपालगन्ज । नेपाल पत्रकार महासंंघ लुम्बिनी प्रदेश सचीव गोरखापत्रकर्मी गोबिन्द शर्माले जेनजीको आन्दोलन पछि पछिल्लो अवस्थाको बरेमा असोज ५ गते रिपोर्टिङका जिल्ला प्रशासनमा कार्यालयको फोटो खिच्न अनुमती नलिएको भन्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अस्वभाबिक ब्यवहार देखाउनुले पत्रकारितामा अवरोध गरेको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रशासन प्रमुखबाटै अभद्र व्यवहार हुनु निन्दनीय मात्र नभई नागरिकप्रति हुने व्यवहारको स्तर झल्काउने संकेत हो । पत्रकारलाई तिरस्कारपूर्ण व्यवहार गर्नु प्रेस स्वतन्त्रतामाथिको आघात हो।”
आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रशासन प्रमुखले तत्कालै आफ्नो अनुचित व्यवहारप्रति सार्वजनिक माफी माग्नुपर्ने माग गरिएको छ। साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिए प्रेस समुदाय तथा नागरिक समाज चुप लागेर नबस्ने चेतावनी दिइएको छ।
नेपाल पत्रकार महासंघ, एड्वोकेट्स, मानव अधिकार संगठन, समाजसेवी संस्था, प्रेस युनियन, प्रेस सेन्टर, सञ्चारकर्मीले संयुक्त बिज्ञप्ति जारि गरेका छन ।






बिहानीको तारा । ७ आश्विन २०८२, मंगलवार १७:१८