७३ ‌औं प्रजातन्त्र दिवस : नेपालगंज ९ नं. वडा कार्यालयले विविध कार्यक्रम गरी मनायो

७ फागुन २०७९ नेपालगंज । नेपालगंज उप-महानगरपालिका ९ नं. वडा समितिको कार्यालयको आयोजनामा वडास्तरी र्याली गरेको छ । र्याली वडा कार्यालय बाट सुरु भई बाँकेगाउँ हुदै चारबाहिनी चोक, महाकाली मिल हुदै श्रद्धानगर, पशुपति टोल, आनन्दनगर टोल हुदै पुन पिपल चौतारा शान्तिनगरमा आई र्याली कोणसभामा परिणत भई कार्यक्रम वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले समापन गर्नु भयो । समापन कार्यक्रममा वडा अध्यक्ष रेग्मीले सम्पूर्ण वडाबासीहरु लाई ७३ औं प्रजातन्त्र दिवसको शुभकामना दिनु भयो, प्रजातन्त्रले देशमा एकता र स्थायीत्व स्थापित गरेको बताउनु भयो ।

र्यालीमा पेलेकार्डमा घरेलु हिंसा अन्त्य गरौं, आफ्नो टोल आफै सफा गरौं, छोरीलाई विवाह होइन स्कुल पठाउ जस्ता नारी सहितका र्याली गरिएको थियो । र्याली श्रद्धानगर टोलमा पुगे पछि नमुना महिला बिकास समितिले घरेलु हिंसा, महिला हिंसा सम्बन्धी जनचेतनामुलक नाटक प्रस्तुत गरेको  थियो ।

नाटकले साच्चिकै समुदायस्तरमा घटेका घटनाहरुको बास्तबिकता प्रस्तुत गरेको र यस्ता खाले घटनाको पुर्ण निस्तेज गर्नु पर्ने वडा सदस्य सिमा के सीले बताउनु भयो ।

र्यालीमा ज्ञानोदय स्कुल शिक्षक बिद्यार्थीहरु, बिनायक स्कुलका शिक्षक बिद्यार्थीहरु, नमुना महिला बिकास समिति, टियर रिलिफ, आईएनएफ नेपाल र टोल बिकास संस्थाका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।