बाँके क्षेत्र नं. १ का लागि माओवादीबाट कृष्णा केसी(नमुना) सहित ७ जनाकाे नाम सिफारिस


२८ भदाैं २०७९ नेपालगन्ज । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ बाट लुम्बिनी प्रदेश सांसद कृष्णा केसी(नमुना) सहित  ७ जनाकाे नाम सिफारिस हुनु भएको छ ।

नमुना २०७४ सालको निर्वाचनमा संघीय सांसद दावी गर्दागर्दै पछि प्रदेश सांसदमा चित्त बुझाएर जित हासिल गर्नु भएको थियो । खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए  । त्यस्तै ओमप्रकाश (सापकोटा) केसी (प्रयत्न), प्रकाश सुवेदी (चन्द्राकान्त), अशोक रोकाय (संकल्प), नरबहादुर खत्री (नरेश पौडेल) र नरेन्द्र न्यौपाने सिफारिस भएका छन । यसरी नेकपा माओवादी केन्द्रले बाँके १ नम्बर क्षेत्रबाट आधा दर्जनभन्दा बढी सांसदका उम्मेदवार सिफारिस गरेको छ ।

नमुनाले कोरोना कहर भएको बेला पनि खटिएर आफ्नो क्षेत्रमा लागेको दावी गर्नुहुन्छ । कोरोना कहरको समयमा कति सांसद घरभित्र लुकेर बसेको बेला नमुना जनताको घर दैलोमा बिजुली बत्तीका तार बोकेर पुगेको सो क्षेत्रका जनताहरु सम्झिन्छन । नेकपा माओवादी केन्द्रका अर्का नेता प्रयत्नले आफुले अहिले सम्म कुनै लाभको पद नलिएकोले यसपालि आफुमाथी पार्टीले न्याय गर्ने बताउनु हुन्छ । त्यस्तै अर्का रोकाय (संकल्प) संबिधान सभा सदस्य भैसकेकोले बलियो दावी रहेको बताउनु हुन्छ । त्यस्तै खत्री र न्यौपाने पनि लागि राख्नु भएको छ ।

अगेल्लो पटक २०७४ को संघीय निर्वाचनमा अथक दाइलाई आफुले छोडेको हुनाले यसपटक आफुलाई सजिलै छोड्ने कुरामा बिस्वस्त रहेको नमुना बताउनु हुन्छ ।