दुल्लु नगरपालिका १० नं. वडा कार्यालय लाई गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले ज्ञापन पत्र बुझाए

२६ फागुन २०७८ दैलेख । आज दुल्लु नगरपालिका १० नं. वडा कार्यालय लाई गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले ज्ञापन पत्र बुभाएका छन । कोभिड १९ को महामारी बाट प्रभाबिद अतिबिपन्न परिवारहरुलाई नगद हस्तान्तरण कार्यक्रमका लागि केन्द्र सरकारको मिति २०७८/०७/२५ गते सुचना प्रकाशिल भएको थियो । उक्त्त अतिबिपन्न परिवार लाई अएको कार्यक्रम वडा कार्यालयले लक्षित बर्गका परिवारहरुलाई जानकारी नदिएको र सुचना समेत प्रकाशित नगरेर एकलौटी तरिकाले नगद हस्तान्तरणका लागि आवश्यक पर्ने फम भर्नबाट नै लक्षित वर्गका जनता लाई बन्चित गरीएको भन्ने सुचनाको जानकारीमा आएको भनी ज्ञापन पत्रमा उल्लेख गरीएको छ । गठबन्धन दलहरुले यथासक्यो सुचना सार्वजनिक गर्न माग समेत गरीको छ । माग पुरा नभए थप कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन ।

यथासक्यो सुचना सार्वजनिक गरी लक्षित वर्गका परिवार लाई उक्त रकम हस्तान्तरण गर्न माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरीको छ । सत्ता गठबन्धनका चार दलका वडा पार्टीका नेताहरुले ज्ञापन पत्र बुभाएको छन उत्त ज्ञापन पत्रमा नेपाली काँग्रेश दुल्लु नगरपालिका १० नं. पार्टी वडा सभापति दिपेन्द्र कुमार पुरी, नेकपा माओवादी केन्द्र दुल्लु नगरपालिका १० नं. पार्टी वडा अध्यक्ष नगेन्द्र बहादुर शाही, नेकपा एस, दुल्लु नगरपालिका १० नं. पार्टी वडा अध्यक्ष मान बहादुर बस्नेत, नेकपा सयुत्त, दैलेख जिल्ला कमिटि सदस्य गेपाल कँवर योगी ले हस्ताक्षर गरेको ज्ञापन पत्र वडा अध्क्षय लाई बुभाईएको छन ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा एमाले भन्ने पाटि र यससँग सम्बन्धित नेताले केन्द्र देखि स्थानीय तहसम्म कृते गर्न वाहेक अरु गर्न नजानेको भन्दै माओवादी केन्द्र का युवा नेता नमराज योगिले आक्रोश व्यक्त गर्नुभयो ।