चसक्क चस्कियो

  • सन्ताेष कुमार बिष्ट

चसक्क चस्कियो मेरो मुटु आज कुन्नी किन ।
मीठो मीठो पिडा उठ्यो छातिमा मेरो ।।
शायद तिम्रो याद आएर होला ।।।

बोझिल भए आँखा रसाउन थाले परेला पनि ।
बग्न थाल्यो खोला नयनका छेउ बाट ।।
शायद तिम्रो याद आएर होला ।।।

कुदिन थाले मधुरो चित्रहरू मानस पटलमा ।
भुमरीमा परेर घुमेजस्तै घुम्नथाले याद हरु ।।
सायद तिम्रो याद आएर होला ।।।

कप कपाउदै ओठहरु निकाल्न थाले अपुस्ठ शब्द हरु ।
तिम्रो नामको अक्षरहरु जस्तै थिए तिनीहरु ।।
सायद तिम्रो याद आएर होला ।।।

बिचलित भै नयन हरु अवलोकन गर्न थाले यताउता ।
कोहि नजिकै आएर बोलाएछ जस्तो मानेर ।।
शायद तिम्रो याद आएर होला ।।।

आज भोलि उठ्न बस्न, खान पिउन ,सबै भुली सके ।
सपनीमा आउन छाडी सके सबै सपनाहरू ।।
सायद तिम्रो मात्रै याद आएर होला ।।।