नेपालगन्ज । नेपालगन्जमा सोमबार भएको मेयर कप T20 क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत सोमबार भएको खेलमा व्यवस्थापन पक्षको कमजोरी देखिएको भन्दै आलोचना भएको छ।
मंगल प्रसाद स्कुलको खेल मैदानमा सोमबार पहिलो खेल सेन्ट जेभियर्स र एनपीजे च्याम्प्स बीच खेल सम्पन्न भए थियो । खेल सम्बन्धी आधारभूत जानकारीसमेत उपलब्ध नगराइएको खेल हेर्न पुगेका दर्शकहरूले गुनासो गरेका छन्।
खेल सकिएपछि कुन टिमले कति रन बनायो, कति रनले जित भयो भन्ने जानकारी सार्वजनिक गरिएन। त्यस्तै खेलको “म्यान अफ द म्याच” साकार कुमार बिष्ट घोषणा गरिए पनि उक्त खेलाडीले कति रन बनाएर, कस्तो प्रदर्शन गरेर भन्ने विवरणसमेत उपलब्ध गराइएन ।
खेल हेर्न पुगेका दर्शक र सम्बन्धित व्यक्तिहरूले खेलाडीहरूको व्यक्तिगत स्कोरबारे सोधपुछ गर्दा “रन नै जोडिएको छैन” भन्ने जवाफ पाएको बताएका छन्। मैदानमा न त स्कोरबोर्डको व्यवस्था थियो न त खेलसम्बन्धी जानकारी दिन माइकको नै प्रयोग गरिएको थियो।
मेयर कप प्रतियोगितालाई व्यवस्थापन पक्षले जिम्मेवारपुर्वक नलिएको र स्कोरिङ व्यवस्थासमेत नहुनु र जिम्मेवार पक्षको सक्रियता नदेखिनु दुःखद भएको उपस्थित दर्शकहरूले बताए । जिम्मेवारीपूर्वक काम नगरी केवल औपचारिक रूपमा उपस्थित भएको र लापरबाहीले खेलाडीहरूप्रति अन्याय भएको भन्दै आगामी खेलहरूमा व्यवस्थापन पक्षले आवश्यक सुधार गर्नुपर्ने उपस्थित दर्शकले बताएका छन ।






सन्तोष कुमार बिष्ट । २६ फाल्गुन २०८२, मंगलवार १२:१८