
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२, कोरियनपुर क्षेत्रमा एक युवतीलाई जीवितै जलाएर हत्या गरिएको घटनाले नेपालगन्ज स्तब्ध बनेको छ। उक्त घटनाप्रति बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले गहिरो दुःख व्यक्त गरेका छन्।
सांसद राईको सचिवालय सदस्य राजेन्द्र बिश्वकर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन्। उनले यस प्रकारको जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसमक्ष आग्रह गरेका छन्। साथै, घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान हुनुपर्नेमा उनले जोड दिएका छन्।
उनले जिल्लामा सुरक्षा व्यवस्था अझ सुदृढ बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै यस्ता आपराधिक घटनाहरू भविष्यमा दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
सांसद राईले नागरिकहरूलाई पनि सजग रहन अपिल गरेका छन्। आफ्नो वरपर कुनै शंकास्पद गतिविधि देखिएमा वा अपराधजन्य योजना भइरहेको आशंका लागेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
प्रेस बिज्ञप्ति सहित




सन्तोष कुमार बिष्ट । १५ चैत्र २०८२, आईतवार १६:५६