प्रहरी नायव महानिरीक्षक भट्टको बाँके प्रहरीमा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.नि.) राजेन्द्र प्रसाद भट्टले बाँके जिल्ला प्रहरी कार्यालयमा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन्।

उनले जिल्ला प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गर्दै विभिन्न शाखाहरुबाट कार्यविवरण लिए। यसै क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाईका प्रमुखहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र कर्मचारीहरुलाई समाजको शान्ति-सुरक्षामा प्रहरीको भूमिका बढाउन, प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यवस्थापनमा ध्यान दिन आग्रह गरे। साथै, उनले संगठनात्मक मूल्य र मान्यताको अनुरूप कार्य गर्न, जनमुखी सेवा प्रवाह गर्न र प्रहरी आचारसंहिताको पालना गर्न निर्देशन दिए।

कार्यक्रम पश्चात, प्र.ना.म.नि. भट्टले पूर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट गरी छलफल गरे।

यस अवसरमा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले निर्देशनको अक्षरस पालना गरी प्रहरी सेवालाई समयानुकूल, जनमुखी, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता जनाए।