सुविधा सम्पन्न नेपालगंजको चार तारे होटल स्टार लाइट पाहुनाको रोजाइ बन्दै

नेपालगंज । साविकको मध्य तथा सुदुरपश्चिमको केन्द्र रहेको नेपालगंज शहरको परिचय विभिन्न प्रकारको रहेको छ । ब्यापारिक तथा शैक्षिक हवको रुपमा परिचित नेपालगंज शहरमा पछिल्लो समयमा सुविधा सम्पन्न होटलहरु संचालनमा रहेका छन ।

नेपालगंज उप-महानगरपालिका वडा नम्बर १८ मा रहेको होटल स्टारलाइट निल देवी प्रा.लि.बाट संचालित होटल स्टारलाइट सुविधा सम्पन्न चार तारे होटल रहेको छ ।

होटलमा सुविधा सम्पन्न रुम, डिलक्स रुम, नर्मल रुम गरि चौसठ्ठी (६४) रुम रहेको होटलका अप्रेशन म्यानेजर रचित श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न स्वाद पारखीका लागि मध्य नजर गरी थकाली भन्सा, रुफ बार सहितको प्रत्येक शुक्रबार लाइफ रेस्टुरेन्ट कार्यक्रम हुने गरेको र शान्त, पारिवारिक वातावरणमा पाहुनाहरु रमाउने भएकोले पनि पाहुनाहरुको रोजाइ पर्न गएको बताउनुभयो ।

६४ वटा कोठा सञ्चालन गर्दै आएको र ती मध्ये ८ वटा स्वीट रुम,  २ जुनियर स्वीट रुम ४२ डिलक्स रुम र १२ स्ट्यान्डर्ड रुमबाट सेवा प्रवाह गर्दै आएको बताए । दैनिक जसो होटलको अकुपेन्सी ३० जति हुने र बाँकी सिजनअनुसार होटलका रुमहरु बुक हुने गरेको बताए ।

उनका अनुसार होटलमा जिम, स्वीमिङ्ग पुल, क्यासिनो (नेपाली बाहेकका पाहुनाका लागि), ओपेन स्पेस गार्डेन र पार्किङ्गको सेवा दिदै आएको छ ।

होटलमा सभा हलबाट विवाह, व्रतबन्ध, जन्मदिन मनाउन तथा विभिन्न गोष्ठी, सेमिनारको आयोजना गर्न सकिने गरी २ सय बढी क्षमताको १ वटा सभाहल, २०-२५ जना बढी क्षमताको मिनी हल रहेको बताउनुभयो ।

होटलले हाल ६४ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । र लक्की स्टार क्यासिनोमा १५० जनाले प्रत्येक्ष रोजगारी दिएको रचित श्रेष्ठले बताए । उनका अनुसार होटलले सञ्चालनदेखि आजका दिनसम्म १० लाख भन्दा बढी पाहुनालाई सेवा दिई सकेको र बिशेष गरी भारत लगायत अन्य मुलुकबाट नेपालगंजहुदै कैलाश मानसरोबर, मुक्तिनाथ, काठमाण्डौंको पशुपतिनाथ दर्शन र लुम्बिनीलाई लक्षित गर्दै नेपालगञ्जमा रहेको होटल स्टार लाइट पाहुनाको रोजाइमा पर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

यस्तै इलेक्टिक गाडीहरुको लागि होटलले चार्जिङ स्टेशनको ब्यवस्था पनि गरेको छ ।