नेपालगंज ९ नं. वडा को योजना छनौट तथा बजेट तर्जुमा वडा भेला सम्पन्न

७ असार २०७९ नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ को आ.व २०७९/०८० को योजना छनौट तथा बजेट तर्जुमा वडा भेला सम्पन्न भएको छ । वडा नं. ९ को आ.व २०७९/०८० मा ८६,२४०००/- बजेट सिलिङ प्राप्त भएको वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले बताउनु भयो । वडा भेलामा निवर्तमान वडा सदस्य अकबर शेष, रमेश प्रसाद तिमिल्सेना र वडाभित्रका क्रियाशिल बिभिन्न राजनीतिक पार्टीका अध्यक्ष/प्रतिधिनि, समाजसेवी, जेष्ठ नागरिक मन्च, पत्रकार लगाएको उपस्थिति रहेको थियो । वडा भेलामा स्वागत मन्तब्य वडा सदस्य जयन्ती खत्रीले राख्नु भएको थियो । शुभकामना मन्तब्य समाजसेवी चन्द्र प्रकास तिमिल्सेना, र राजनीतिक पार्टी प्रतिनिधिहरुले राखेका थिए ।

वडाको बिकास गर्न र आफ्नै वडा कार्यालय बनाउन सहभागीहरुले सझाब दिए । सबै सहभागीहरुले लेखेर योजना वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मी लाई बझाएका थिए ।

वडाभेलामा वडा स्वास्थ्य सेवा केन्द्रकी प्रमुख अमृता दर्लामी, स्टार्फ नर्स रोशनी भट्टराई, स्वास्थ्य स्वयमसेवीका सुष्मा चौधरी, सरसफाई अभियान्ता हिरा घर्ती, दिल बहादुर थापा र सरसफाई संयोजक जयन्ती खत्री लाई खादावढाएर सम्मान गरीएको थियो ।

वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर योजना छनौट तथा बजेट तर्जुमा वडा भेला समापन गर्नु भएको थियो ।