तुलसीपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गर्नु भएको छ । शुक्रवार उहाले थारुहरुको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्रालयको अवलोकन गर्नु भएको हो।
थारु संग्राहलयको अवलोकन गदै पूर्व प्रधानमन्त्री दाहालले दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताउनुभयो । उहाले संग्राहलयले पर्यटन प्रबद्र्धन, थारु संस्कृतिको संरक्षण,इतिहासको संरक्षण र प्रबद्र्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताउनुभयो । दाङमा स्थापना भएको ऐतिहासिक थारु संग्रालय बन्नु राम्रो र लुम्बिनीकै लागि महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेको बताउनुभयो।
पूर्व प्रधानमन्त्री दाहालले सामुदायिक क्षेत्रको पहलमा यति व्यवस्थित र ठूलो संग्राहलय स्थापना र सञ्चालन हुनु देशले गौरव गर्न लायक रहेको बताउनुभयो । विभिन्न जातजातीहरुको इतिहास देखिने गरि यि र यस्तै संग्राहलयहरु स्थापना भएमा इतिहास जीवित रहने उहाको भनाई थियो । संग्राहलयहरुले इतिहास मात्रै जिवित नराख्ने भन्दै पर्यटकीय गन्तब्य निर्माण गर्ने र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उल्लेख गर्नुभयो । थारु संग्राहलयले पनि यो काम गरेको उहाको भनाई थियो ।
उहाले संग्राहलयको महत्व र स्थानीय भूमिका र सरकारको सहभागिताको विषयमा समेत जिज्ञासा राख्नु भएको थियो ।
संग्राहलयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी गराउनु भएको थियो । चौधरीले थारुहरुको इतिहास जिवन्त राख्न संग्राहलयको परिकल्पना गरिएको बताउनुभयो ।
संग्राहलयको अवलोकन पछि पूर्व मन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनशहन रितिरिवाज दर्साएको बताउनुभयो ।
डा । तोसिमा कार्कीले थारु सास्कृति संग्राहलय परम्पारगत कुराहरु रहेको बताउनुभयो । उहाले जीवन कला संग्राहलयमा देखिएको बताउनुभयो । यसलाई वल्डवाइट बनाउनु पर्ने बताउनुभयो ।
संघीय सदनका शिक्षा समिति सभापति अमर बहादुर थापाले थारु संग्राहलयमा थारुको इतिहास देखेको बताउनुभयो। पहिचान र इतिहास देखाएको र संरक्षण भएको बताउनुभयो ।
बिहानीको तारा । ११ माघ २०८१, शुक्रबार १५:५७